सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मानव एकता दिवस को अवसरमा रक्तदान कार्यक्रम साथै बृहत सत्संग कार्यक्रम सम्पन्न

धनबहादुर बिक महेन्द्रनगर सन्त निरंकारी मण्डल महेन्द्रनगर ले आयोजना गरेको मानव एकता दिवसको अवसरमा रक्तदान संगै बृहत सत्संग कार्यक्रम को आयोजना गरेको छ । शनिबार महेन्द्रनगरमा आयोजित उक्त कार्यक्रममा महेन्द्रनगर पुनर्वास ,बेलौरीका २४ जना युवाहरूले रक्तदान गरेका छन ।
हरेक बर्ष को 24 अप्रैल का दिन मनाईने गरिएको मानव एकता दिवसको अवसरमा सन्त निरंकारी मण्डल महेन्द्रनगर ले आयोजना गरेको उक्त रक्तदान मा २४ जनाले रक्तदान गरेका हुन । सन्त निरंकारी गुरु बाबा गुरूबचन सिंह जी को बलिदानी र सकारात्मक सन्देशलाई स्मरण गर्दै विश्व भरि निरंकारी मिशनसंग जोडिएका सन्तजन ले मानव एकता दिवस मनाउदै आएको महेन्द्रनगर कम मुखि करन सुनारले बताउनुभयो ।
रगत नालिमा होइन नाडिमा बगाउ गुरु बाबा गुरूबचन सिंह महाराज ले दिएको सन्देश लाई आज विश्व भरिका निरंकारी सन्त परिवारले सोही नारालाई मुलमन्त्र मान्दै मानव एकता दिवस कार्यक्रम मार्फत एक आपसमा जोडिदै आईरहेको सन्त निरंकारी मण्डल केन्द्रीय सहसचिव नरबहादुर बिक ले बताउनुभयो । अहिले मानवले मानललाई कदर नगर्दा , सेवाको भावना को विकास नहुंदा मानव मानव बिच द्वन्द्व बढ्दै गईरहेको पुनर्वास का मुखी महात्मा दिलबहादुर लामिछाने ले बताउनुभयो । सन्त निरंकारी मिशन ले मानव मानव बिच प्यार , एकता , सद्भाव , नम्रता सिकाउदै आएको छ महात्मा लामिछानेले बताउनुभयो ।
निरंकारी मिशनले मानवताको प्रेरणा दिंदै आएको छ । निरंकारी मिशन ले विश्व बन्धुत्व र भाईचारा को सन्देश दिएको छ महात्मा मान सिंह जी ले आफ्नो विचारमा भन्नुभयो । समयको सद्गुरूले दिएको आदेशको पालना जसले पूरा गर्छ उसैलाई लाभ मिल्नेछ ज्ञान प्रचारक महात्मा रामप्रसाद गुरूङले बताउनुभयो । एक लाई जानौ एकलाई मानौ एक बनौ भन्ने मुल नारालाई अनुशरण गर्न सकेमा हामीलाई लाभ मिल्ने छ उनले भने। सद्गुरू बाबा गुरूबचन सिंह जी महाराज ले मानव एकताका लागि दिएको बलिदानी लाई स्मरण गरेर मानव एकता दिवसको रूपमा मनाउदै आईरहेका छौ । ज्ञान प्रचारक देवराज रिमाल ले बताए ।
तत्कालीन समय देखि मानव एकता लाई कायम राख्न र सो सन्देश लाई बिस्वका कुना कुनामा विभिन्न प्रकारका सामाजिक कार्यक्रम हरू गर्दै आएको छ रिमालले बताए । रक्तदान कार्यक्रममा सुदूरपश्चिम प्रदेश पुर्व सामाजिक विकास मन्त्री एंब प्रदेशसभा सदस्य प्रकाश रावल तथा प्रदेशसभा सदस्य हिरा सिंह सार्की को समेत उपस्थिति रहेको थियो बिहान ९ बजेदेखि सञ्चालन भएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने युवाहरूलाई पुर्व सामाजिक विकास मन्त्री रावल ले फलफूल प्रदान गरि उद्घाटन गरिएको थियो भने रक्तदान पश्च्यात बृहत सत्संग को आयोजना समेत गरिएको थियो ।
सत्गुरू बाबा गुरूबचन महाराज को मानव एकताको सन्देशमुलक भजन कृतन तथा विचार हरू प्रस्तुत गरिएको कार्यक्रम सन्त निरंकारी मण्डल केन्द्रीय प्रचारप्रसार बिभाग प्रमुख देवराज रिमालको आतिथ्य मा सत्संग को आयोजना गरिएको थियो । सत्संग पश्च्यात सामुहिक लंगर भोजनको आयोजना समेत गरिएको थियो ।
  • १६ बैशाख २०८१, आईतवार ०२:३३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ

    काठमाडौं ३ भाद्र । गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय...

    दलितको पेसा फेरियो, दलन फेरिएन

    नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले...

    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    • मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU