शहिद गोविन्द गौतमको सालिकमा नगरप्रमुखद्वारा माल्यार्पण
धनबहादुर बिक, पुनर्वास । कञ्चनपुर जिल्लाको पुनर्वासमा देशको सीमा रक्षार्थ प्राण आहुति दिने वीर सपुत शहिद गोविन्द गौतमको सालिकमा शनिबार एक कार्यक्रम बिच माल्यार्पण गरिएको छ । फागुन २६ गते सहिद गोविन्द गौतमको सातौ स्मृति दिवसको अवसरमा पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्माले सहिद गोविन्द गौतमको सालिकमा नमन गर्दै माल्यार्पण गरेका हुन ।

२०७३ साल फागुन २६ गते भारतीय सिमा नाका संग जोडिएको पुनर्वास नगरपालिका ४ मा भारतीय एस एस वी संग भएको दोहोरो झडपमा परि एस एस वी को गोली लागि गोविन्द गौतम सहिद भएका थिए । सहिद गोविन्द गौतमको सातौ स्मृतिमा बोल्दै नगर प्रमुख शर्माले भने गोविन्द को त्याग र बलिदानीलाई हामी सबै नेपाली ले कहिल्यै बिर्सन नहुने बताए ।

सो अवसरमा नगर प्रमुख शर्माले सहिद गोविन्द गौतम का बुवा खेमलाल गौतम तथा उनका दाजु भाउजुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष मनोज सापकोटा जैशी ले विगतमा पुनर्वास कसैले पनि चिन्दैनथिए अहिले नेपाल को जुनसुकै क्षेत्रमा गए पनि सहिद गोविन्द को नामले परिचित हुँदै आएको छ , यो हाम्रो लागि गर्वको बिषय हो उनलेे भने । वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिंह लामाले वीर सहिद गोविन्द गौतम को बलिदानीले पुनर्वासी जनताको शिर ठाडो रहेको कुरामा जोड दिए ।

यसैबीच सुदूरपश्चिम प्रदेश पुर्व आर्थिक मामिला मन्त्री तथा प्रतिनिधि सभा सदस्य तारालामा तामाङले स्मृति दिवसका अवसरमा आफू भौतिक रूपमा उपस्थित हुन नसकेपनि सामाजिक सञ्जाल मार्फत सहिद गोविन्द गौतम अमर रहुन भनी श्रद्धान्जली व्यक्त गरेका छन । उनले आफू सुदूरपश्चिम प्रदेश को सांसद हुदा गोविन्द पार्क निर्माणका लागि विनियोजन गरेको ४० लाख बजेट तत्कालीन सरकारले फ्रिज गरिदिएको गुनासो गरे । स्मरण रहोस सहिद गोविन्द गौतम को सालिक निर्माण सांसद लामा को पहलमा तत्कालीन सुदूरपश्चिम प्रदेश सरकारबाट गरिएको थियोे ।
सहिद गोविन्द पार्क निर्माण गर्ने आफ्नो महत्त्वाकांक्षी योजना पूरा गर्न संघिय सरकार मा पहल गर्ने सांसद लामाले बताए । शनिबार सम्पन्न सातौ स्मृति दिवस का अवसरमा , नेपाली काङ्ग्रेस का यम प्रसाद शर्मा , नेकपा एमाले का स्थिर प्रसाद घिमिरे ,राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द सुवेदी , वडा नम्बर ४ का सदस्य रेवतिरमण घिमिरे ज्योति पुस्तकालय का अध्यक्ष रामचन्द्र नेपाल , दुर्गा मावि का अध्यक्ष बासु घिमिरे लगायत समाजसेवी हरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम को सञ्चालन पुनर्वास नगरपालिका फोकल पर्सन ओमनाथ ढकालले गरेका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया