प्रमुख जिल्ला अधिकारीलाई नेबिसंघको ज्ञापन पत्र
प्रकाश बम,मसिर १२ डोटी, नेपाल विद्यार्थि संघ डोटीले विभिन्न मागहरु राख्दै डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुवेदीलाई मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।
डोटी जिल्ला सदरमुकाम आसपास र ग्रामीण क्षेत्रमा चल्ने ५ सिट अनुमती भएका बोलेरो जिपहरुको पछाडी सिटहरु जडान गरि १४ जना सम्म यात्रु बोक्नको लागि प्रयोग भएका थिए पछील्लो समयमा ट्राफिक कार्यालयले बोलेरो जिपको पछाडीका सिटहरु हटाउन थालेपछी बोलेरो जिप संचालकहरुले डिजेल खर्च पनि हुन नसक्ने भन्दै भाडा दोब्बर लिन थाले भन्ने गुनासो आईरहेको छ ।

नेपाल विद्यार्थि संघ जिल्ला अध्यक्ष गणेश बहादुर खड्को हस्ताक्षर रहेको ज्ञापन पत्रमा स्थानीय प्रशासन र यातायात ब्यवसायी विचको सहमति र समझदारीमा वि.स.२०५९सालदेखि यहाँका ग्रामीण सडकहरु ल्गायत डोटी जिल्ला भित्रका अन्य स्थानहरुमा ५ सिट पास भएका बोलेरो जिपहरुमा १४ जना यात्रु पाउने सहमति अनुसार संचालनमा रहेका थिए ।
जसबाट डोटी जिल्लाका ग्रामीण भेगमा बसोबास गर्दै आएका जनताले जिल्ला सदरमुकाम लगायत देशका अन्य भुभागमा सहज रुपमा पुग्न सकिरहेका अनुभुति गरिरहेका थिए हाल आएर कुनै पनि बैकल्पीक ब्यवस्था पुर्व तयारी बिना नै स्थानीय प्रशासनले हतारमा बोलेरो जिपहरुको पछाडीका सिटहरु झिकीदीदा ग्रामीण सडकमा यात्रा गर्ने यात्रुहरु समयमा गाडी नपाई अलपत्र पर्नुका साथै दोब्बर तेब्बर भाडा तिर्न बाध्य रहेको कुरा उल्लेख गरिएको छ ।
सुरक्षित यात्रा बनाउने नाममा सडकको स्तरोन्नती र पीच गर्ने कार्य अघाडी बढाउनुको सट्टा भएका यातायात साधनहरुलाई समेत सर्वसाधारणको पहुच भन्दा बाहीर पुर्याउने कार्य भएको हुदा पुर्व तयारी बिना गरेको निर्णय ५ दिन भित्र फिर्ता हुनु पर्ने वा अन्य बिकल्पको उपायहरु खोजी गर्नुपर्ने नत्र कडा आन्दोलनमा उत्रने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यादब सुवेदीले बोलेरो जिपको पछाडीका सिटहरु हटाउने कार्य जिल्ला प्रशासन कार्यालयको कुनै निर्णय नभई प्रदेश नम्बर ७ भित्रका सबै जिल्लाहरुमा ट्राफिक निर्देशनालयले सडक दृघटनालाई न्यूनिकरण गर्नको लागि अभियान चलाएको हुन सक्ने बताए ।
उनले भने “ग्रामीण भेगमा रहेका सडकहरुमा यातायातका साधनहरु चलाउन स्थानीय तहले स्तरउन्नती गरेर अरु यातायाताका साधनहरु प्रयोगमा ल्याउन आवश्यक छ जुन अहिले चलीरहेका ५ सिट पासको बोलेरो जिबहरुमा ५ जना भन्दा बढी राख्न पाउनु पर्छ भनेर कानुन सम्बत छैन पहिले पनि स्थानीय प्रशासनले ब्यवहारीक रुपमा चल्न पाउने कुुरा भएको हुन सक्ला तर लिखित रुपमा कुनै सहमति भएको छैन् । यसको विषमा जिल्लाका सबै सरोकारवाला निकाएहरु बसेर छलफल गर्ने छौ ।
” अहिले ग्रामीण क्षेत्रमा चलिरहेका यातायातका साधनहरुले तोकेको भाडादर भन्दा बढी लिन नपाउने बढी भाडा लिएको खण्डमा कारबाही गरीने समेत प्रजिअ सुबेदीले बताए । डोटीमा शैलेश्वरी यातायात ब्यवसायका बोलेरो जिपहरु संचालनमा रहेका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया