सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुनकोसी-मरिण डाइभर्सनमा लक्ष्यभन्दा बढी काम, ७.५ किलोमिटर सुरुङ खनियो

सिन्धुली । राष्ट्रिय गौरवका आयोजनाहरुले खर्च गर्न नसकेर काम निराशाजनक भइरहेको समयमा सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने कामको प्रगति भने लक्ष्यभन्दा बढी भएको छ । असार मसान्तसम्म भौतिक प्रगति लक्ष्यको १२० प्रतिशत र वित्तीय प्रगति लक्ष्यको ९९.७६ प्रतिशत रहेको आयोजनाले जनाएको छ । रकम अभावमा वित्तीय लक्ष्यमा थोरै कमी भएको आयोजनाको दावी छ ।

सुनकोसी–मरिण बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालका अनुसार खन्न सुरु भएपछिको ९ महिना १० दिनसम्म (असार मसान्तसम्म) ७ हजार ५७१ मिटर (७.५७१ किलोमिटर) सुरुङ खन्ने काम भएको छ । कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म ५६. ८६ प्रतिशत सम्पन्न भएको हो ।

सुरुङ खन्ने काम कमलामाई नगरपालिका वडा नं २ को कुसुमटारबाट थालनी भइ चुरे क्षेत्र पार गरेर हाल महाभारत क्षेत्रमा प्रवेश गरेको छ । यतिखेर वडा नं ३ को जलकन्या हायूगाउँ शीरमा सुरुङ पुगेको छ । १३२० मिटरको उचाइमा हाल खन्ने काम भइरहेको र यो नै सबैभन्दा बढी उचाइ रहेको आयोजनाले जनाएको छ । चुरे क्षेत्र पार गरी सुरुङ खन्ने टीबीएम मेसिन महाभारततर्फको सुरक्षित क्षेत्रमा प्रवेश गरेको आयोजना प्रमुख बरालले बताए । सुनकोसी गाउँपालिकाको कानढुंग्रीमा गएर सुरुङ निर्माण सम्पन्न हुन्छ ।

आयोजनाको कुल लागत ४६ अर्व १९ करोड रहेकोमा सरकारबाट प्राप्त ८ अर्व ८६ करोड गत आवसम्ममा खर्च भएको छ । २०८४ सालमा आयोजना सम्पन्न हुँदा कुल लागत बढेर ४९ अर्ब ४२ करोड पुग्ने आंकलन गरिएको छ । गत आर्थिक वर्ष मात्रै ५ अर्व ४१ करोड प्राप्त भइ खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको रकम ४ अर्ब ३९ करोड ५४ लाख रहेको छ । तर भौतिक प्रगति बढेकाले ११ अर्ब खर्च हुन सक्ने आयोजनाको दाबी छ । आयोजनाको कामका रफ्तार अनुसारको अपुग बजेट माग गर्ने बताइएको छ । प्राप्त बजेटबाट सुरुङ निर्माणदेखि विद्युत् गृह, सिचाइँ, सामाजिक लगायतका काम भएको आयोजनाले जनाएको छ । यहीं रफ्तारमा सुरुङ निर्माण भएमा तोकिएको २२ महिनाको अवधि अगावै निर्माण सम्पन्न हुनेछ ।

५.५ डायमिटरको सुरुङ मार्ग निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले अहिले दैनिक सरदर १० मिटर र कुनै दिन १५ देखि २० मिटरसम्म टीबीएममार्फत खन्ने गरेको छ । सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेकले ठेक्का लिएको हो । १५ अर्व ५९ करोड ४० लाख रुपैयाँ अनुमान रहेकोमा कोभेकले १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का लिएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिचाइँ सुविधा पुर्‍याउने रहेको छ ।

कान्तिपुर पाेस्टबाट

  • ८ श्रावण २०८०, सोमबार १०:५२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    एकै दिन साढे २० हजारले बढ्यो सुनको भाउ
    पेट्रोलमा मिसाउन योग्य इथानोल उत्पादनका लागि उत्पादकलाई आह्वान ।
    ५ हजारभन्दा बढी सरकारी कार्यालयको लेखापरीक्षण, एकै बर्षमा थपियो ८८ अर्ब बेरुजु ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU