सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सीपीएलः सन्दिपको शानदार प्रदर्शनले क्रीस गेलको प्याट्रियट्स विजयी

काठमाडौं, साउन २७ । वेस्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग ९सीपीएल० मा नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आवद्ध सेन्ट किट्स एन्ड प्याट्रियट्स विजयी भएको छ । आज भएको आफ्नो दोस्रो खेलमा उसले ट्रङ्बागो नाइट राइडर्सलाई ४२ रनले पराजित गर्दै विजयी भएको हो ।

नेपाली समयअनुसार आज विहान साढे पाँच बजे शुरु भएको खेलमा सन्दिप आवद्ध प्याट्रियट्सले टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको थियो । उसले निर्धारित २० आभेरमा ७ विकेटको क्षतीमा २०४ रनको विशाल स्कोर बनाएको थियो ।

 

टिमका लागि डेभोन थोमसले ५८, कार्लोसले ४१, कप्तान क्रीस गेलले ३५, बेन कटिङले नट आउट २५ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । अलि खानले ३, सुनिल नारायनले २ र केभान र डिजे ब्राबोले समान १(१ विकेट लिन सफल भए । २०४ रनको विजयी लक्ष्य पाएर मैदान उत्रिएकोे ट्रङ्बागो नाइट राइडर्स पदर्शन खराब रह्यो । आज पनि सुरुवाती ब्याट्सम्यान सुनिल नारायण सस्तैमा आउट भए । उनी एक चौका प्रहार गर्दै आउट भए ।

नाइट राइडर्सका लागि डार्रेन ब्राबोले ४१, केभोनले ४२ र कोलिन मुनरोले ३५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानको सम्झनलायक प्रदर्शन रहेन । बलिङमा प्याट्रियट्सका लाउसिस, बेन कटिङ र कार्लोशले समान ३ ३ विकेट लिए । भने, सन्दिप लामिछाने र सेल्डोनले समान १(१ विकेट लिन सफल भए ।

नेपाली लेग स्पिनर लामिछानको प्रदर्शन आज पनि शानदार रह्यो । उनले आफ्नो पहिलो ओभरमा अष्ट्रेलियाका क्रीश लेनलाई आउट गरे । उनले पहिलो ओभरमा एक विकेट लिनुका साथैं, मेडन ओभर दिए । भने, दोस्रो ओभरमा मात्र ३ रन खर्च गरे । र, आफ्नो तेस्रो ओरभमा १४ रन खर्चिए । उनले आज ३ ओभर मात्र बलिङ गर्न पाएका थिए । सन्दिप आवद्ध टिमको यो पहिलो जित हो । गएको बिहिबार भएको खेलमा उनको टिमले गुयनासँग ६ विकेटले पराजित भएको थियो ।

  • २७ श्रावण २०७५, आईतवार ०७:५५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्पेनलाई फिफा विश्वकप २०२६को उपाधि, गोल्डेन बुट एम्बापेलाई
    समाजसेवी तीर्थराज पन्तद्वारा विद्यार्थीलाई ट्रयाकसुट सहयोग
    चीनविरूद्ध नेपालको तर्फबाट उत्कृष्ट ब्याटिङ: ३१४ रनको लक्ष्य दियो, कुशल भुर्तेलले एकै ओभरमा ६ वटा छक्का हाने

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU