पुनर्वासको खाद्य अधिकार समुहद्वारा नवनियुक्त बन वातावरण तथा पर्यटन मन्त्रीलाई ज्ञापनपत्र पेश
धनबहादुर बिक पुनर्वास । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त बन बाताबरण तथा पर्यटन मन्त्री माननीय रमेश धामीलाई पुनर्वासको खाद्य सञ्जाल तथा दुधुवा वन्यजन्तु पिडित समुहले भेटि ज्ञापनपत्र पेश गरेको छ ।
शनिवार मात्रै सपथ लिएका मन्त्री धामिलाई आईतवार पुनर्वास मा रहेको खाद्य अधिकार सञ्जाल तथा दुधुवा वन्यजन्तु पिडित खाद्य अधिकार समुह टिमले वहाकै कार्यकक्षमा भेट गरि बधाई दिनुका साथै ज्ञापनपत्र पेश गरेको छ । भारतीय दुधुवा नेशनल पार्कबाट जङ्गली जनावर रोकथामका गर्न विद्युतीय फेन्सी वायर का लागी सुदूरपश्चिम प्रदेश सरकार बाट विनियोजन भएको बजेट निकासा गर्ने बिषय पक्रिया अगाडी बढाई दिन टिमले अनुरोध गर्दै ज्ञापनपत्र पेश गरेको हो ।
वन्यजन्तु रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकार बन बाताबरण तथा पर्यटन मन्त्रालय बाट अघिल्लो सरकार बाट विनियोजन गरिएको २० लाख रकम निकासा गरिदिन टिमले आग्रह गरेको छ । आफू मन्त्री भएपछि पहिलो ज्ञापनपत्र प्राप्त गरेको र सो बिषयमा मन्त्रालय मातहतका सचिव संग बुझेर विनियजन गरिएको रकम निकासा गर्न पहल गर्ने तथा वन्यजन्तु पिडित बस्ति पुनर्वास नगरपालिका ९ मा स्थलगत अनुगमन गर्ने नवनियुक्त बन मन्त्री धामिले प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री भेटघाट मा खाद्य सञ्जाल पुनर्वास का अध्यक्ष कञ्चन गिरी , दुधुवा वन्यजन्तु पिडित खाद्य अधिकार समुह अध्यक्ष केशव प्रसाद तिमिल्सिना , फियान नेपाल सुदूरपश्चिम प्रदेश संयोजक मुकुन्द राना , खाद्य अधिकार पुनर्वास का प्रवर्द्धक श्याम परियार , खाद्य अधिकार सञ्जाल पुनर्वास सचिव मानबहादुर थापा सदस्य स्मृति तिमिल्सिना लगायत सहभागी रहेका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया