सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गोरखापत्र दैनिकको १२३ औँ तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेश
"प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डव्दारा सम्बोधन "

काठमाण्डाै । राष्ट्रिय सभागृहमाआयोजित समारोहका सभापति तथा संस्थानका कार्यकारी अध्यक्षज्यू, माननीय संचार तथा सूचना प्रविधि मन्त्रीज्यू मन्त्रालयका सचिवज्यू, संस्थानका महाप्रवन्धकज्यू, संचालक समितिका सदस्यज्यूहरू, गोरखापत्र तथा दि राइजिङ नेपाल विभिन्न निकायका प्रमुखज्यूहरू, संस्थानमा कार्यरत सञ्चारकर्मी तथा कर्मचारीहरू, अन्य सञ्चारकर्मी मित्रहरू, उपस्थित आदरणीय महानुभावहरू । गोरखापत्र राष्ट्रिय दैनिकले आज प्रकाशन थालनीको १२३ औँ वर्ष प्रवेश तथा संस्थान स्थापनाको ६१ औँ वार्षिकोत्सवको सुखद अवसरमा गोरखापत्र तथा गोरखापत्र संस्थानमा कार्यरत संचारकर्मी तथा सबै कर्मचारीलाई बधाइ ज्ञापन गर्दछु ।

नेपालको पहिलो प्रकाशनका रूपमा वि.स १९५८ सालको वैशाख २४ गतेबाट ‘गोर्खापत्र’को प्रकाशन प्रारम्भ भएको हो । वि.सं. १९९१ वैशाख ९ गतेदेखि गोर्खापत्र प्रत्येक हप्ताको शुक्रवार प्रकाशित भएको थियो । अर्धसाप्ताहिकको वि.स. २००० असोज २९ गते सातामा मंगलबार र शुक्रबार गरी दुईपटक प्रकाशन हुँदै २००३ साल पुस ८ गतेदेखि सातामा तीन पटक प्रकाशित भएको थियो । वि.स २०१७ फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशित भएको थियो । यस महत्वपूर्ण दिनमा गोरखापत्रका संस्थापक एवं संस्थान र पत्रिकाको निरन्तर विकासका निम्ति अहोरात्र खट्नुहुने सबैप्रति स्मरण गर्दै आभार प्रकट गर्दछु ।

१९५८ वैशाख २४ देखि निरन्तर प्रकाशित गोरखापत्र नेपाली पत्रकारिताको ऐतिहासिक संस्था हो । नेपाली पत्रकारिताको संस्थागत विकासमा यसको निकै महत्वपूर्ण योगदान छ । राष्ट्रको इतिहास र सभ्यता जोडिएको यो संस्थालाई अहिलको डिजिटल युग सुहाउँदो बनाउन आन्तरिक सुधार तथा पुनरसंरचना आवश्यक छ । पछिल्ला दिनमा गोरखापत्र तथा अन्य प्रकाशनहरूको लेआउट डिजाइनमा भएको परिवर्तनसँगै यसको सामग्रीको प्रस्तुति र गुणस्तरमा देखिएको सुधार स्मरणीय छ, आगामी दिनमा यसलाई थप परिमार्जित र विकसित तुल्याउने जिम्मेवारीसमेत गोरखापत्रमा आबद्ध संचारकर्मी र कर्मचारीको काँधमा छ । नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्र एउटा पत्रिका मात्र होइन । एउटा युगको जीवन्त प्रतिनिधि हो । आजका मितिसम्म पनि सबैभन्दा विश्वासिलो र सर्वाधिक हेरिने वा पढिने पत्रिका गोरखापत्र हो । शताब्दी लामो यात्रा पार गरिसकेको गोरखापत्रको हाम्रो सामाजिक विकास र संस्कृति प्रबद्र्धनमा महत्वपूर्ण योगदान छ । यो संस्थाले इतिहासका थुप्रै आरोह अवरोह पार गरेको छ ।

सयमको माग र प्रविधिको गतिअनुसार अब यो संस्थाले पनि आफूलाई रूपान्तरण गर्न जरुरी छ । अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो रुपमा उतार्न यो संस्थाले अझ जिम्मेवार, व्यवसायिक तथा विश्वसनीय भएर आफूलाई अघि बढाउनुपर्दछ । डिजिटल मिडियाको तीव्र विकास तथा विस्तारसँगै छापा पत्रकारिताको यात्रा थप चुनौतीपूर्ण बन्दै गएको छ ।

त्यसैले गोरखापत्रले आफ्नो परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गरेर नयाँ ढंगले अघि बढ्नुपर्दछ । राज्यप्रतिको जिम्मेवारीमा सचेत रहँदै सबै नेपालीले स्वामित्व लिने सामग्री पस्किनुपर्दछ । अब सूचनाका लागि मात्र पत्रिका कुर्ने अवस्था नरहेकोले सामग्रीको गुणस्तर र विविधतामा विशेष ध्यान दिनु जरूरी छ । राज्यका सबै कामकारवाही पारदर्शी हुनुपर्छ ।

राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको नै रहन्छ । नागरिक सुसूचित हुनसक्दा मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ । राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौंथो अङ्गका रूपमा सञ्चार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुनसक्दछ । त्यसैले सञ्चार माध्यमलाई ‘वाच डग’का रूपमा लिने गरिएको छ । यो भूमिका आगामी दिनमा अझ सशक्त बन्नसक्नुपर्छ ।

सूचना र जानकारीबाट सूचित हुने नागरिकको अधिकार प्रत्याभूत गर्न आमसञ्चार जिम्मेवार बन्नसक्नुपर्छ । आजको सन्दर्भमा आमसञ्चारको भूमिका र योगदान प्रशंसनीय छ । गोरखापत्र संस्थान र गोरखापत्रको नेतृत्व सुशासन र समृद्धिको लक्ष्यप्रति जवाफदेही र इमानदार रहेर मात्र आम सञ्चार जगतमा सरकार र सरकारी सञ्चार माध्यमप्रतिको विश्वसनियता कायम राख्न र अभिबृद्धि गर्न सकिन्छ ।

पछिल्लोसमय संस्थानको नेतृत्वको इमानदारिता र कार्यक्षमतामाथि उठेका प्रश्नहरूको व्यवहारद्वारा प्रतिउत्तर दिन पनि म विशेष रूपले ध्यानाकर्षण गराउँछु । संस्थाको नेतृत्वले जहिले पनि निष्पक्षता, स्वतन्त्रता, संस्थागत एवं पेशागत हित र सुरक्षा, संस्थाभित्र कार्यरत सदस्यहरूको वृत्तिविकास र अभिभावकत्वमा विशेष ध्यान दिनुपर्दछ । संस्थाप्रति सबैको अपनत्वबोध हुने भौतिक एवं भावनात्मक परिस्थितिको निर्माण गरेर मात्र नेतृत्वले आफ्नो क्षमता प्रस्तुत गर्न सक्दछ, जसको बलमा संस्थाले थप परिस्करणका साथ उचाइ हासिल गर्न सक्दछ । यसतर्फ यहाँहरू सबैको ध्यान जाने नै छ भन्ने मैले विश्वास लिएको छु ।

अन्त्यमा, आजको ऐतिहासिक दिनले गोरखापत्रमा कार्यरत सबै सञ्चारकर्मी एवं कर्मचारीहरूमा नयाँ उर्जा र आत्मविश्वासका साथ काम गर्ने प्रेरणा र वातावरण पैदा होस्, गोरखापत्रलाई प्रतिस्पर्धी र आधिकारिक सूचना सम्प्रेषणको निर्बिकल्प सञ्चार माध्यमका रूपमा विकास गर्न सफलता प्राप्त होस्, दैनिक घटनाक्रम मात्र नभएर नीतिगत र परिणाममुखी कामको विश्लेषण आम पाठकसम्म पु¥याउन थप रचनात्मक भूमिका निर्वाह गर्न सकोस् । यही अपेक्षा र विश्वासका साथ फेरि एकपटक गोरखापत्र संस्थान र गोरखापत्र दैनिकको निरन्तर प्रगतिको शुभेच्छासहित विदा हुन्छु,

  • २४ बैशाख २०८०, आईतवार १२:०३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU