विप्लव कार्यकर्ता द्धारा बझाङ जिल्लामा प्रदर्शन
डीबी विष्ट मंसीर ४ बझाङ । नेत्रविक्रम चन्द विप्लब नेकपाका कार्यकर्ताहरुले बझाङ जिल्लामा प्रदर्शन गरेका छन् । नेकपाका झण्डै ३०० भन्दा बढी कार्यकर्ताहरुले सदरमुकाम चैनपुरमा सरकार विरुद्ध नारबाजी गदै बजार परिक्रमा सहीत प्रदर्शन गरेका हुन् ।
नेकपा समर्थक उच्च स्तरीय नेताहरु र जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरु भुमीगत भएको भन्दै सरकारी तह बाट आफुहरुलाई आरोप लगाएको र आफुहरु भुमीगत नभई जनताको माझमा र विच सडकमा भएको भन्दै आफुहरुले जनप्रदर्शन गरेको नेकपाका जिल्ला कमीटी सदस्य जोग बहादुर कठायत (विश्वास) ले बताउनु भयो ।

खुल्ला मञ्च बाट सुरु गरीएको उक्त जनप्रदर्शन बजार परिक्रममा पश्चात मेन चौराहमा कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै जिल्लाकमीटी सचिब भरत मल्ल (सुवास) ले मजुरको अवस्था ज्युका त्यु रहने तर हुने खानेहरु दिन प्रति दिन रातारात झन झन धनी हुदै जाने यसको विरोधमा आफुहरु रहेको, काम गरी पसीना बगाउनेहरु झन झन गरीब हुने र काम नगर्ने धनी हुने परिाटीको अन्त्यका लागी आफुहरु संघर्स गर्न तयार रहेको समेत बताउनु भयो ।

बझाङ जिल्लामा भएका १२ वटा स्थानीय तहका जनप्रतिनीधीहरु जनताको पक्षमा नभई पावर र पैशाको पक्षमा रहेको समेत आरोप लगाउनु भयो । यस्तो रितीथिती देख्दा देख्दै आफ्ुहरु टुलु टुलु हेरेर नबस्ने यसका विरुद्ध आफुहरु लागी पर्ने समेत बताउनु भयो ।
सार्थै उहाँले बझाङ जिल्लाको विकट क्षेत्र बाट संसार परिवर्त हुने बताउदै सरकारलाई अंगीत गर्दै जिल्लाको विकट क्षेत्र बाट डढेलो निश्की सकेको र यस डढेलोको सामना गर्न कसैले नसक्ने समेत बताउनु भयो ।
यस्तै कार्यक्रममा सम्बोधन महिला केन्द्रयि सदस्य देबकी मल्ल र जिल्ला कमीटी सदस्य जोग बहादुर कठायतले समेत सम्बोधन गरेका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया