लिग टू को अन्तिम खेल खेल्दै पीएनजी
आईसीसी विश्वकप क्रिकेट लिग टुको आफ्नो अन्तिम खेल आज पपुवान्युगिनी (पिएनजी) ले युएईविरूद्ध खेल्दैछ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेबाट सुरू हुने खेलमा पीएनजी युएईमाथि लगातार पाचौं खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ।
पाँच दिन अघि काठमाडौंमा भएको युएईसँगको पहिलो खेलमा पीएनजीले युएईविरुद्ध ५६ रनको जित निकाल्दै लगातार चौथो जित निकालेको थियो।
आज पनि सोही लयलाई कायम राख्दै पिएनजी अन्तिम खेलमा सुखद नतिजासँगै विश्व क्रिकेट लिग टु टुंग्याउने योजनामा हुनेछ। हालसम्म ३५ खेलबाट ५ जितसहित ११ अंक मात्र जोडेको छ।
यता आफ्नो खराब नतिजालाई निरन्तरता दिएको युएईले सिधै एकदिवसीय मान्यता जोगाउने बाटो गुमाएको छ। ३४ खेल खेलिसकेको युएईको ३१ अंक छ। अमेरिकाको ३५ अंक छ।
भोलि नेपाल र यूएईबीच लिग टुको अन्तिम खेल हुनेछ। अन्तिम खेलपछि शीर्ष तीनको टुंगो लाग्नेछ।
३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ नेपाल चौथो स्थानमा रहँदा नेपालभन्दा अगाडि ३९ अंकका साथ नामिबिया तेस्रो स्थानमा छ।
स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाइसकेका छन्।सेतोपाटीबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया