सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

ओडिआई वरीयतामा नेपालको ब्यापक सुधार

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा १६ औं स्थानमा आइपुगेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको हो।

योसँगै नेपालले ओडिआई वरीयतामा नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ।

घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगको लिग–२  खेल्नुअघि १९ औं स्थानमा रहेको नेपालले त्यसपछिका ११ खेलमा १० जित निकाल्दै आफूलाई तीन स्थान सुधार गरेको हो।

सात राष्ट्र सम्मिलित लिग–२ मा नेपाल ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा छ। लिग–२ मा शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले भोलि हुने अन्तिम खेलमा यूएईलाई हराउनुपर्नेछ।

नेपालभन्दा पछि रहेको नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन्।

नयाँ ओडिआई वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो स्थानमा छ। एसोसिएट राष्ट्रतर्फ स्कटल्याण्ड सबैभन्दा माथि १२औं स्थानमा छ। विश्वकप सुपर लिग खेलिरहेको नेदरल्याण्ड्स १४औं स्थानमा छ। लिग दुईको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा माथि १५ औं स्थानमा छ।सेतोपाटीबाट

 

 स्थान टोली खेल अंक मूल्याङ्कन
१ भारत ४४ ५०१० ११४
२  अष्ट्रेलिया ३२ ३,५७२ ११२
३  न्युजिल्याण्ड २९ ३,२२९ १११
४  इंग्ल्याण्ड ३६ ३,९८८ १११
५  पाकिस्तान २५ २६४९ १०६
६  दक्षिण अफ्रिका २७ २,७७५ १०३
७  बंगलादेश ३६ ३,४१५ ९५
८  श्रीलंका ३४ २,९७६ ८८
९  अफगानिस्तान २० १,४१९ ७१
१०  वेस्टइन्डिज ४१ २,९०२ ७१
११  आयरल्याण्ड २५ १,३०० ५२
१२  स्कटल्याण्ड ३५ १,५६७ ४५
१३  जिम्बाब्वे २८ १,२०१ ४३
१४  नेदरल्याण्ड्स २१ ६७३ ३२
१५  ओमान ३० ९१९ ३१
१६  नेपाल ३९ १,१६७ ३०
१७  नामिबिया ३२ ९५४ ३०
१८  संयुक्त राज्य अमेरिका ३१ ८२१ २६
१९  युएई ३३ ६४६ २०
२०  पपुवा न्यू गिनी ३७ २६३ ७

 

  • १ चैत्र २०७९, बुधबार ०८:११ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्पेनलाई फिफा विश्वकप २०२६को उपाधि, गोल्डेन बुट एम्बापेलाई
    समाजसेवी तीर्थराज पन्तद्वारा विद्यार्थीलाई ट्रयाकसुट सहयोग
    चीनविरूद्ध नेपालको तर्फबाट उत्कृष्ट ब्याटिङ: ३१४ रनको लक्ष्य दियो, कुशल भुर्तेलले एकै ओभरमा ६ वटा छक्का हाने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU