सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

१४औं ओभरमा नेपाललाई दोस्रो सफलता, दिपेन्द्र सिंह ऐरीले लिए विकेट
"पपुवान्युगिनीको उत्कृष्ट सुरूआत, पावरप्लेमा बनायो नटआउट ७१ रन "

नेपालले दिएको २९८ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको पपुवान्युगिनी (पिएनजी)ले दोस्रो विकेट गुमाएको छ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दोस्रो सफलता दिलाएका हुन्। ऐरीले १४ औं ओभरको तेस्रो बलमा सेसे बाउलाई सोमपाल कामीको हातबाट क्याचआउट गरेका हुन्।

बाउले ७ बलमा ३ रन बनाए।

यसअघि कुशल मल्लले बलिङ गरिरहेको १२औं ओभरको दोस्रो बलमा किपलिन डोरिगा रन आउट भए।

दीपेन्द्र सिंह ऐरी र आशिफ शेखले रन आउट पारेका हुन्।

डिरिगा ३४ बलमा ३ चौकासहित २६ रन बनाए।

यसअघि उनले ११.२ ओभरमा पहिलो विकेटका लागि टोनी उरासँग ७७ रनको साझेदारी गरेका थिए।

अर्का ओपनर टोनी उरा अर्धसतक नजिक छन्।

पिएनजीविरूद्ध नेपालले बनायो हालसम्मकै उच्च रन

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवान्युगिनी (पिएनजी) लाई  २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हालेर पहिले ब्याटिङ गरेको नेपालले ५ बल खेल्न बाँकी हुँदा २९७ रनमा अलआउट भयो।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि नेपालको उच्च स्कोर २८७ रन थियो।

नेपालले फागुन पहिलो साता त्रिवि मैदानमै नामिबियाविरुद्ध २८७ रन बनाएको थियो। २ विकेटको जित हात पारेको नेपालले लक्ष्य पछ्याउने क्रममा सो रन बनाएको थियो। तर पहिलो पटक नेपालले पहिले ब्याटिङ गर्दै २९७ रन बनाएको हो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आशिफ शेखले शतक प्रहार गरे। उनले ११० रन बनाउने क्रममा १२ चौका र २ छक्का प्रहार गर्दै ११० बल खेले। उनको यो पहिलो एकदिवसीय शतक हो।

खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ११० को सतकीय साझेदारी गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेल अर्धसतक बनाउन ५ रनले चुकेका थिए। उनी १८.४ ओभरमा ५६ बल खेल्दै ६ चौका प्रहार गरे।

नेपालले बाँकी ३० रन बनाउँदा थप दुई विकेट गुमाएको थियो। कुशल मल्ल २१ ओभरको अन्तिम बलमा २ रनमै आउट हुँदा ज्ञानेन्द्र मल्ल २५ ओभरको अन्तिम बलमा  ११ रन बनाएर आउट भए।

कप्तान रोहित पौडेलले ३० रन जोड्दा दिपेन्द्रसिंह ऐरीले ७ रनको योगदान दिए। आरिफ शेख १३ बलमा १५ रन बनाएर आउट हुँदा करण केसी ६ बलमा ८ रन  जोडेर आउट भए भने सन्दीप लामिछानेले ७ रन बनाए।

भीम सार्कीले ३८ बलमा आक्रमक ब्याटिङ गर्दै ४४  रन बनाए भने सोमपाल कामी ४ रनमा नटआउट रहे।

बलिङमा पिएनजीका सेमो कामियाले सर्वाधिक ५ विकेट लिए। उनले ९.१ ओभरमा ३८ रन खर्चिए।

रेली हेकुरेले १० ओभरमा ५० रन खर्चिएर ३ विकेट लिए।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तित सिरिज हो। यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये दुई खेल जिते नेपालको लिग-२ बाटै एकदिवसीय मान्यता जोगिनेछ। चारै खेलमा हात पारे नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

सिरिजमा नेपालले अब फागुन २८ मा  युएई,  फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।

लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ।

पाँचौ स्थानको नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ। युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। पुछारको ‍पिएनजीको ३२ खेलबाट ९ अंक छ।सेतोपाटीबाट

 

  • २५ फाल्गुन २०७९, बिहीबार १०:११ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्पेनलाई फिफा विश्वकप २०२६को उपाधि, गोल्डेन बुट एम्बापेलाई
    समाजसेवी तीर्थराज पन्तद्वारा विद्यार्थीलाई ट्रयाकसुट सहयोग
    चीनविरूद्ध नेपालको तर्फबाट उत्कृष्ट ब्याटिङ: ३१४ रनको लक्ष्य दियो, कुशल भुर्तेलले एकै ओभरमा ६ वटा छक्का हाने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU