सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पक्राउ परेका सांसद चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

कैलालीः नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको रिटमा उच्च अदालत, दिपायलले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सांसद चौधरीले रिहाइको माग गर्दै माघ २२ गते उच्च अदालतमा रिट दायर गरेका थिए। त्यस्तै, माघ २७ गते बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो। दुवै रिटमाथि बुधबार भएको सुनुवाइमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। न्यायाधीशद्वय देशबहादुर सार्की र गणेश ठाकुरको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीर गरेको छ।

कैलाली जिल्ला कारागारमा रहेका चौधरीले जिल्ला अदालत, कैलालीबाट भिडिओ प्रविधि मार्फत बयान दिएका थिए। उनले आफूमाथि अन्याय भएको जिकिर गरेर्। म फरार होइन, १० वर्षदेखि त्यहि ठाउँमा बसेर सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छु। तर, मलाई अपरणको शैलीमा पक्राउ गरि मेरो चरित्र हत्या गरे, मलाई न्याय चाहिन्छ,’चौधरीले भने। उनले १० वर्षअघि भएको फैसलाबारे आफूलाई कुनै जानकारी नभएको बताए। आफू कहिल्यै फरार नरहेको हुँदा न्यायका लागि अपील गरेको बताए।

थरुहट आन्दोलनका क्रममा २०६६ भदौ ३ गते ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही ६ महीना कैद र आठ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो।दिनेश खबरबाट

  • ४ फाल्गुन २०७९, बिहीबार ०७:३१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    ताजा अपडेट

    दलितको पेसा फेरियो, दलन फेरिएन

    नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले...

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    • मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU