सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कैलारीको ईलाइट कप फुटवलको उपाधि युवा जनहितलाई

धनगढीः कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ मा भएको इलाइट कप फुटबल प्रतियोगिताको उपाधि युवा जनहित क्लबले जितेको छ।

इलाइट युथ क्लवको आयोजनामा कैलारी गाउँपालिका वडा नम्बर ६ को बनकट्टा खेल मैदानमा प्रतियोगिता भएको थियो। प्रतियोगिताको फाईनलमा सुपर मुन अफ लेक क्लबलाई ३–२ ले हराउदै युवा जनहित च्याम्पीयन भएको हो।

युवा जनहितलाई च्याम्पीयन बनउनका लागि रोशन विक, निराजन धामी र कुवेर सिंहले एक÷एक गोल गरे। सुपर मुनका लागि शिशिर मगरले दुई गोल गरे पनि टीमलाई च्याम्पीयन बनाउन सकेनन्। फाईनल खेलको म्यान अफ द म्याच युवा जनहितका कुवेर सिंह भ । उनले नगद दुई हजार प्राप्त गरे।

ईलाईट कप फुटवल प्रतियोगिताको बिजेता बनेको युवा जनहितले नगद ७५ र उप बिजेता भएको सुमर मुनले नगद ३५ हजार पुरस्कार पाएको ईलाईट युवा क्लवका अध्यक्ष देवेन्द्र हमालले बताए। यस्तै प्रतियोगिताका विभिन्न विधाहरुमापनि युवा जनहितले नै कब्जा जमाएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी युुवा जनहितका सुशिल विक भए। उनले नगद ५ हजार प्राप्त गरे। यस्तै उत्कृष्ट गोलरक्षक युवाजनहितकै सन्दीप कडायत र सर्वाधिक गोलकर्ता युवा जनहितकै कुवेर सिंह भए। उनीहरुले नगद दुई दुई हजार प्राप्त गरे।

विजयी खेलाडीहरुलाई शनिबार एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ । गत माघ २० गतेदेखि भएको प्रतियोगितामा १६ वटा टीमको सहभागीता रहेको थियो। पहिलो संस्करणको आयोजना पछि प्रतियोगितालाई निरन्तरता दिने क्लबले जनाएको छ। आगामी संस्करणमा नगद पुरस्कार बृद्धिसँगै राष्टिय खेलाडीहरुलाई पनि सहभागी बनाउने क्लबका अध्यक्ष हमालले जानकारी दिए। दिनेश खबरबाट

  • २९ माघ २०७९, आईतवार ०५:४० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्पेनलाई फिफा विश्वकप २०२६को उपाधि, गोल्डेन बुट एम्बापेलाई
    समाजसेवी तीर्थराज पन्तद्वारा विद्यार्थीलाई ट्रयाकसुट सहयोग
    चीनविरूद्ध नेपालको तर्फबाट उत्कृष्ट ब्याटिङ: ३१४ रनको लक्ष्य दियो, कुशल भुर्तेलले एकै ओभरमा ६ वटा छक्का हाने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU