सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदूरपश्चिमको विकास बजेट कार्यान्वयन, ६ महिनामा ११ प्रतिशत मात्र प्रगति

धनगढीः सुदूरपश्चिममा विकास बजेट कार्यान्वयन प्रभावकारी देखिएको छैन्। चालु आर्थिक वर्षको ६ महिनामा कुल पुँजीगत बजेटको ११ प्रतिशत मात्र प्रगति देखिएको छ। जबकी सो अवधिसम्म ५० प्रतिशत बजेट कार्यान्वयन हुनुपर्ने हो।

प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्थामा यस वर्ष पनि सुधार आउन सकेको छैन्।  गत साउनदेखि पुस मसान्तसम्म पुँजीगत र चालु गरी १४ दशमलव ४३ प्रतिशतमात्र खर्च भएको देखिएको छ। प्रदेश सरकारको कुल ३६ अर्ब ३३ करोड ८९ लाख ३५ हजार बजेटमध्ये पुस मसान्तसम्म ५ अर्ब २४ करोड २३ लाखमात्र खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांक छ। पुँजीगत बजेट कार्यान्वयनको अवस्था झनै कमजोर देखिएको छ।

पूँजीगततर्फ विनियोजित कुल २६ अर्ब ३६ करोड ५९ लाखमध्ये ११ दशमलव शून्य ८ प्रतिशत मात्र प्रगति देखिएको छ। चालु खर्च भने २१ द्यशमलवम २८ प्रतिशत छ। कुल बजेटको आधाभन्दा बढी अर्थात १८ अर्ब २५ करोड ९१ लाख बजेट प्राप्त गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले पूँजीगततर्फ ११ दशमलव ३९ प्रतिशत खर्च गरेको छ। सो मन्त्रालयले चालुतर्फ भने ३४ दशमलव ६६ प्रतिशत खर्च गरेको प्रदेश लेखाको तथ्यांक छ।

सबैभन्दा बढी योजना पनि भौतिक पूर्वाधार मन्त्रालयसँगै छन्। तर अधिकांश योजना अझै कार्यान्वयनमा गएका छैनन्। मन्त्रालयमा दायित्व सिर्जना भएका बहुवर्षीय योजनामा कम बजेट भएकाले पनि बजेट खर्च कम देखिएको दाबी छ। योजना कार्यान्वयनमा बजेट विनियोजन क्षमता राम्रो नभएकाले बजेट खर्चको अवस्थामा सुधार हुन सकेको छैन।

६ अर्ब ६ करोड ३९ लाख बजेट प्राप्त गरेको सामाजिक विकास मन्त्रालयले ६ महिनामा एक अर्ब ४५ करोडमात्र खर्च गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कुल खर्च १२ दशमलव ५० प्रतिशत र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १४ दशमलव .५३ प्रतिशत छ। ती मन्त्रालयको क्रमशः ३ अर्ब १२ करोड ५० लाख र २ अर्ब २१ करोड ५ लाख बजेट छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २६ दशमलव ५० प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले २२ दशमलव ८३, आर्थिक मामिला मन्त्रालयले १८ दशमलव १० र प्रदेश व्यवस्थापिकाले १५ दशमलव ५६ प्रतिशत बजेट खर्च गरेका छन्। प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव रामबन्धु सुवेदीले प्रदेश सरकारसँग ७ हजारको संख्यामा योजना रहेका भए पनि वहुवर्षीय योजनामा कम बजेट भएकाले खर्च कम भएको बताए।

‘आर्थिक कार्यविधि सम्बन्धि कानून र खर्चको मापदण्डको पूर्ण पालना नहुनुले बजेट खर्चमा समस्या देखिएको छ।’ हरेक वर्ष पूँजीगत खर्च गर्ने क्षमता बढीमा ६८ प्रतिशत र औसतमा ६४ प्रतिशत मात्र छ। विनियोजन दक्षता, वित्तीय अनुशासन र वित्तीय जवाफदेहिता कमजोर हुँदा बजेट कार्यान्वयनमा समस्या आउने गरेको छ।’ उनले पुँजीगत खर्च बढाउने दिशामा सबै विषयगत मन्त्रालयको पहल हुनुपर्ने, गैरबजेटरी रकम माग गर्ने प्रवृत्ति निरुत्साहित गरिनुपर्ने, दीर्घकालीन रुपमा आर्थिक उत्पादन दिने क्षेत्रहरूमा लगानी केन्द्रीत गर्नुपर्ने बताए।अन्नपुर्णबाट

 

  • २४ माघ २०७९, मंगलवार ०५:२७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ

    काठमाडौं ३ भाद्र । गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय...

    दलितको पेसा फेरियो, दलन फेरिएन

    नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले...

    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    • मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU