सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कञ्चनपुरमा पुनर्वासको जनजागरण सामुदायिक वनमा तस्करी मौलायो

धनगढीः कञ्चनपुरमा पुनर्वासको जनजागरण सामुदायिक वनमा तस्करी बढेको छ। सामुदायिक वन उपभोक्ता समितिको मिलेमतोमा तस्करी मौलाएको हो। नेपाल–भारत सीमा क्षेत्रमा पुनर्वास नगरपालिकाको वडा नम्बर ८ र ९ मा फैलिएको सामुदायिक वनमा हरेक हप्ता रूख कटान हुने गरेको छ। उपभोक्ता समितिका पदाधिकारीसँग साठगाँठ गरेर वन विनास भइरहेको स्थानीयको भनाइ छ।

वनको भित्रि भागमा हरेक दिन तस्कर समूहले सालका रुख काटेर लग्ने गरेका छन्। सामुदायिक वनको दोदा आर्यघाट क्षेत्रबाट आधा दर्जन सालका रूख काटिएको देख्न सकिन्छ भने वनको भित्र पनि दर्जन बढी ठाउँमा सालका रुख काटिएका छन्। काठ तस्करहरूले सिङ्गो सालको रुख जरा कहानेर हो भन्ने थाहा नहुने गरी काटेर लग्ने गरेको स्थानीयको दाबी छ। वन उपभोक्ता समितिसँग मिलेमतो गरेर सामुदायिक वनबाट सालको काठ तस्करी हुने गरेको नाम उल्लेख नगर्न आग्रह गर्दै एक जना स्थानीयले बताए।

यो सामुदायिक वनमा खुलेआम तस्करी हुने गरेको छ, त्यो पनि वनका पदाधिकारीको मिलेमतोमा,’ उनले भने, ’तस्करी भइरहेको हामीसँग प्रमाण छ तर गाउँलेसँग दुस्मनी हुन्छ भनेर बोल्न समस्या हुने गरेको छ।’

सामुदायिक वन नजिकै भारततर्फ दुधुवा नेशनल पार्क रहेको छ। तर, तस्करहरूले भने सामुदायिक वनबाट काठ काटेर ल्याउने, स्थानीयले प्रश्न गरे भारतको जङ्गलबाट ल्याएको बताउने र उम्किने गरेका छन्। स्थानीयले सामुदायिक वनमा पदाधिकारीको मिलेमतोमा काठ तस्करी हुने गरेको बताए पनि उपभोक्ता समितिका निवर्तमान सचिव अमर साउँद भने यो मान्न तयार छैनन्।

‘सर्वदलीय सहमतिबाट नयाँ वन उपभोक्ता समिति चयन भएपछि अध्यक्ष हुन्छौँ भन्नेहरूले हल्ला फैलाएका हुन्,’ उनले भने, ‘वनमा चुनावको समयमा एक दुई रुख काटिएका थिए, तर वन नै सखाप भयो भन्नेजस्तो हल्ला पिट्ने काम भएको छ।’

सामुदायिक वनमा आर्थिक अनियमितता र फडानी बढेको स्थानीयले बताए पनि वनका पदाधिकारीले वन संरक्षण गरिरहेको दाबी गरेका छन्। सामुदायिक वनमा स्थानीय र प्रदेश तथा संघको निर्वाचनको समयमा केही रुख काटिएका भए पनि अहिले भने रुख नकाटिएको दाबी निवर्तमान समितिका पदाधिकारीहरूले गरेका छन्। यस्तै, वन अधिकारीहरूले पनि सामुदायिक वनका पदाधिकारी र स्थानीयबिच भएको आन्तरिक विवादले समस्या गरेको जनाएका छन्। चुनावको समयमा केही रूख काटिएको र त्यसको अनुसन्धान भइरहेको कुण्डा सव–डिभिजन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए।

‘त्यहाँ समुदाय र वन उपभोक्ता समितिका बिच विवाद थियो,’ उनले भने, ’त्यहीँ विवादले गर्दा समस्या भएको हो, वनमा चुनावको समयमा केही रुख काटिएका थिए, त्यसको हामीले अनुसन्धान र छानविन गरिरहेका छौँ।’

पुनर्वासको जनजागरण सामुदियक वन ६० लाख लागतमा अधुरो छोडिएको स्विमिङ पुलका कारण चर्चामा आएको थियो। त्यहीँ वनमा खुलेआम हरेक वर्ष सालका रूख छानीछानी काट्ने गरिएको गुनासो गरिएको छ। दिनेश खबरबाट

  • ४ माघ २०७९, बुधबार ०५:१९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU