सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु, सरकारमा सहभागी होला ?

काठमाडौं : नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ। बैठकले सरकारमा सहभागीताबारे टुंगो लगाउने बताइएको छ। गत मंसिर ४ मा सम्पन्‍न निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एकीकृत समाजवादीले सरकारमा जाने वा नजाने भन्नेमा पार्टीभित्र मतभेद भएपछि पोलिटब्युरो बैठक बोलाएको हो। बैठक सोमबारदेखि सुरु भएको हो।

स्थायी कमिटी बैठकमा समेत सरकारमा सहभागीताबारे निर्णय हुन नसकेपछि एसले पोलिटब्युरोमा छलफल गरेको हो। बैठकमा निर्वाचनको समीक्षा, आगामी कार्यदिशा, सरकारलाई हेर्ने नीति लगायतको विषयमा छलफल भइरहेको छ। बैठकमा अधिकांश नेताहरुले पार्टी पुनर्गठन तथा पुनर्जागरणमा जोड दिँदै आएका छन्। केही नेताले भने जसरी पनि सरकारमा जानुपर्ने धारणा राखेका छन्।

माओवादी केन्द्र एमालेसँग नयाँ समीकरण गरेर अगाडि बढेपछि नेकपा एकीकृत समाजवादी अन्योलमा परेको हो। जसका कारण एसले न सरकारलाई खुलेर समर्थन गर्न सकेको छ न विरोध नै। सरकारलाई समर्थन र सरकारमा जाने कुरा फरक रहेकोले पार्टी ‘पर्ख र हेर’को नीतिमै रहेको बैठकपछि एकीकृत समाजवादी नेताहरुले बताएका छन्।

शनिबार र आइतबार दुई दिन भएको स्थायी कमिटी बैठकमा एसभित्र ३ धार देखिएका थिए। एकीकृत समाजवादीका केही सांसद तथा नेताहरुले सांसदहरू सरकारमा गएर पार्टीलाई बलियो बनाउनुपर्ने मत राख्दै आएका छन्। तर, चुनाव हारेका र सांसद हुन नपाएका नेताहरू भने सरकारमा नगई पार्टी निर्माणमा लाग्नुपर्ने मत राख्दै आएका छन्।

एकीकृत सम्मानीत नेता झलनाथ खनाल पक्षका नेताहरु सरकारमा जान नहुने तर्क गरेका छन् भने अध्यक्ष माधवकुमार नेपाल पक्ष नेताहरुले औपचारिक कुनै प्रस्ताव आए  छलफल गरेर अघि जाने बताएका छन्।

सोमबार पोलिटब्युरो बैठकमा भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा सामेल हुन नसकिने बताएका थिए। उनले एमाले नेतृत्वको सरकारमा सहभागी हुन नसकिने बताएका थिए।

एमाले नेतृत्वमा नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी रहेका छन्। अन्नपुर्णबाट

 

  • १९ पुष २०७९, मंगलवार १०:२४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU