सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

क-कसलाई शपथ गराउने भन्ने जिम्मा प्रधानमन्त्रीलाई

काठमाडौं : नयाँ सत्ता गठबन्धनको बैठक सकिएको छ । मन्त्रिमण्डल र आगामी रणनीति तय गर्न संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठक केहिबेर अघि सकिएको हो

 

बैठकले पहिलो चरणमा चुस्त मन्त्रिमण्डल गठन गर्ने सहमति गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो चरणमा केही मन्त्रीहरुले शपथ लिने र अन्तिम निर्णयको अधिकार प्रधानमन्त्रीलाई दिइएको बताए।

बैठक सकिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै लामिछानेले भने,’हामीले आफ्ना कुरा राखेका छौं। क-कसलाई शपथ गराउने भन्ने निर्णय प्रधानमन्त्रीलाई सुम्पिएका छौं।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सात दलको समर्थनमा तेस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्री प्रचण्डले आज बेलुका ४ बजे शपथ लिने कार्यक्रम  छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली,नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा र जनमत पार्टीलगायत दलका शीर्ष नेताहरु सहभागी थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने बताएको छ। यस्तै नागरिक उन्मुक्ति पार्टीले  रेशम चौधरीको रिहाइ नभएसम्म  सरकारमा नजाने तर समर्थन गर्ने निर्णय गरेको  छ।

प्रचण्डको शपथ ग्रहणसँग सानो आकारको मन्त्रिमण्डल गठन हुनेछ।अन्नपुर्णबाट

  • ११ पुष २०७९, सोमबार ०९:३३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU