सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

शपथपछि सत्ताको लागि सरगर्मी

काठमाडौं : सांसद पदको शपथ लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीच बिहीबार बालुवाटारमा छलफल भएको छ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न १० गतेसम्मको समय तोकेपछि नेताहरू सरकार गठनमा क्रियाशील छन्। प्रधानमन्त्रीका लागि देउवा र दाहालले दाबी गरेका छन्। दलहरूबीच विभिन्न विकल्पमा छलफल चलिरहेकाले सत्ता समीकरण ‘कता जान्छ र कोसँग’ को सहकार्यमा’ सरकार निर्माण हुन्छ भन्ने अन्योलता छ।

बालुवाटारमा तीन शीर्ष नेताबीच प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेशका मुख्यमन्त्रीसहित अन्य मुख्य संवैधानिक पदमा भागवण्डा मिलाउने विषयमा पनि छलफल भएको छ। देउवाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने पक्षमा भए पनि दाहालले भने निर्वाचनअघि नै गरेको आलोपालो सरकारमा जाने अडान नछाड्ने पक्षमा छन्। तर, देउवालाई भने कांग्रेसभित्रै आलोपालोको प्रक्रियामा नजान पार्टीकै महामन्त्री गगनकुमार थापालगायतले खबरदारी गर्दै आएका छन्।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का दाहालसँग लगातार छलफलमा छन्। भेटैपिच्छे खड्काले पहिलो चरणमा कांग्रेसको नेतृत्वमा सरकार निर्माणका लागि सहयोग गर्न प्रस्ताव राख्ने गरेका छन। जवाफमा दाहालले पूर्ववाचाबमोजिम माओवादीले पहिलो चरणमा नेतृत्व गर्न पाउनुपर्ने अडान लिँदै आएका छन्। कांग्रेस तयार नभए एमालेसँग मिलेर सरकार बनाउन सकिने संकेत दाहालले दिइरहेका छन्। सत्ता गठबन्धन जोगाउने भए आफूलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउनुपर्ने र दोस्रो चरणमा आफूले सहयोग गर्ने दाहालले बताउँदै आएका छन्। ‘सत्तागठबन्धन जोगाउनकै लागि पनि माओवादीले पहिलो चरणमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्न सहयोग गर्छ,’ खडकाले भने, ‘उहाँहरूले दाबी गरे पनि अन्ततः कांग्रेसकै नेतृत्वमा सरकार बन्छ। यदि सहयोग नगरेको खण्डमा अन्य दलसँग वान टु वान वार्ता हुन सक्छ। त्यो स्वाभाविक पनि हो।’

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रपतिले दिएको समयसीमाभित्रै नयाँ सरकार गठन गर्ने प्रयास भइरहेको बताए।  अन्नपुर्णबाट

  • ८ पुष २०७९, शुक्रबार ०६:०६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU