सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

समाचारको प्रभावः खप्तड छान्ना गाँउपालीकामा भाडा दर घट्यो

डीबी विष्ट असोज २८ बझाङ । तोकीएको दरको दोब्बर भन्दा बढी भाडा लिने गरेको  समाचार अनलाईनमा प्रकाशित भए पछी खप्तड छान्ना गाँउपालीकाले भाडा दर घटाई कार्यान्वयन गरेको छ । आईतबार जीप व्यावसायीहरु संग गाँउकार्यपालीकाले समन्वय तथा छलफल गरे पछी भाडा दर घटाएको हो । अब यहाँका स्थानीय बासिन्दाहरु तोकीएकै दरमा भाडा तिर्नु पर्ने गाँउपालीकाका अध्यक्ष बर्क बहादुर रोकायाले बताउनु भएको छ । तमैल देखी कालुखेती सम्मको भाडा दर यस अघि जीप व्यावसायीहरुले २५० देखी ३०० समय सम्म मनोमानी ढंगले लिने गरेका भए पनी उक्त भाडा दर घटाएर १४० बनाईएको छ । यस्तै खप्तडछान्न गाँउपालीकामा चल्ने गडराय रुट, लम्तडा रुट र पौवागडी रुटमा भाडा दर घटाईएको खप्तड छान्ना गाँउपालीकाका अध्यक्ष रोकायाले जानकारी दिनु भएको छ ।

महंगो भाडादरका विषयमा आफुलाई जानकारी नभएकोसमाचार प्रकाशति पश्चात आफुलाई जानकारी भएको र तत्कालै कार्यपालीकाको बैठेक बसि जीप धनी र जीप चालकहरु संग छलफल गरी भाडादर कार्यान्वयन गरेको अध्यक्ष रोकायाले जानकारी दिनु भयो । जीपको भाडादर घटेको खबर सुने पछी आफुहरुलाई निकै खुःसी लागेको स्थानीय बासिन्दा ऐन बहादुर रोकयाले बताउनु भएको छ । आफु मात्रै नभई यहाँका सर्व साधारण ब्यक्तीहरु समेत निकै खुसी भएको उहाँको भनाई छ । जनताका समस्याहरु बुझेर समाचार प्रकाशन गरी दिएकोमा गाँउपालीकाका अध्यक्षले धन्यबाद समेत ज्ञापन गर्नु भएको छ । गाँउ कार्यपालीकाको निर्णय अनुसार धाडा दर भन्दा कोही कसैले बढी भाडा लिएकोे  खण्डमा गाँउपालीकामा जानकारी गर्न समेत गाँउपालीकाका अध्यक्ष बर्क बहादुर रोकायाले सबैलाई अनुरोध गर्नु भएको छ । भाडा दर भन्दा बढी भाडा लिने मनोमानी गर्ने जीप ब्यावसायीहरुलाई गाँउकार्यपालीकाको निर्णय अनुसार जरीवाना गर्ने समेत रोकायाले बताउनु भएको छ ।

  • २८ आश्विन २०७५, आईतवार १४:०० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU