सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

यू १९ एसिया कप क्रिकेटमा नेपालको लगातार दोस्रो हार

काठमाडौं १५असोज । बंगलादेशमा जारी यू १९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। नेपाल सोमबार अफगानिस्तानसँग ३ विकेटले पराजित भएको हो।

यसअघि पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको थियो। दोस्रो हारसँगै नेपालको अघिल्लो चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ। नेपालले दिएको १ सय ३२ रनको सामान्य लक्ष्य अफगानिस्ताले ३७।३ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको थियो।

अफगानिस्तानका राहमुल्लाह गुरबाजले २६, अजमुतुल्हाल ओमाराजीले २३ तथा आरिफ खानले २३ रन जोडे। नेपालका सुर्या तामाङले ४ तथा रासिद खान, पवन सर्राफ र सागर ढकालले समान १–१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाली युवा टोली ३८।२ ओभरमा सवै विकेट गुमाएर १ सय ३१ रनमा समेटिएको थियो।

ब्याट्सम्यानहरुको खराब प्रदर्शनका कारण नेपालले मध्यम स्कोर समेत बनाउन सकेन्। नेपालका लागि राष्ट्रिय टोलीका सदस्य समेत रहेका रोहितकुमार पौडेलले ४६ बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन्।
पुछारका रसिद खानले आक्रामक खेल्दै २५ बलमा ३० रन जोडे। यस्तै कप्तान मोहम्मद आसिफ सेख २० तथा ओपनर रीत गौतमले १० बाहेक अन्य खेलाडीले दोहोरो अंक नै जोड्न सकेनन्।

नेपालका चार खेलाडीले खाता नै खोल्न सकेनन्। सन्दीप जोरा, पवन सर्राफ, कमलसिंह एेरी र सुर्य तामाङ शुन्य रनमै पवेलियन फर्किएका थिए।

अफगानिस्तानका अजमातुल्हाल ओमाराजीले ४ विकेट लिए। यस्तै क्यूज अहमद कामावल र अब्दुल रेहमानले समान २(२ विकेट लिए।

पहिलो खेलमा भारतसँग फराकिलो अन्तरले पराजित भएपछि नेपाललार्इ यस खेलमा अफगानिस्तानविरुद्ध जित्नैपर्ने दबाब थियो।

जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स ९युएइ० छन्। त्यस्तै समूह बी मा श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान र हङकङ छन्।

नेपाली टोली मोहम्मद आसिफ शेख,कमल सिहं ऐरी, रोहितकुमार पौडेल, रवी शाह, सूर्य तामाङ, पवन शर्राफ, रवीन्द्रजङ्ग शाही, रासिद खान, भीम सार्की, तृतराज दास, सन्दिप जोरा, नन्दन यादव, रीत गौतम, सागर ढकाल र अरुण ऐरी छन्।

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन्। सहायक प्रशिक्षकमा मनोज कटुवाल छन्। दुबै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन्।

  • १५ आश्विन २०७५, सोमबार ०९:३८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्पेनलाई फिफा विश्वकप २०२६को उपाधि, गोल्डेन बुट एम्बापेलाई
    समाजसेवी तीर्थराज पन्तद्वारा विद्यार्थीलाई ट्रयाकसुट सहयोग
    चीनविरूद्ध नेपालको तर्फबाट उत्कृष्ट ब्याटिङ: ३१४ रनको लक्ष्य दियो, कुशल भुर्तेलले एकै ओभरमा ६ वटा छक्का हाने

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU