सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

शिक्षकहरु परीक्षा दिन गएपछि वडाध्यक्षले गरे यस्तो प्रशंसनीय काम

जाजरकोट, १४ असोज । जाजरकोटका एक वडाध्यक्षले विद्यालय पढाउन थालेका छन् । उनले शिक्षकको तलव खाने गरी वा वडाध्यक्षबाट राजीनामा दिएर शिक्षणमा लागेका होइनन् ।

विद्यालयमा कार्यरत शिक्षकहरु शिक्षक सेवा आयोगको परीक्षा दिन गएपछि विद्यार्थीको पढाई प्रभावित नहोस् भनेर कुशे गाउँपालिका–१ का वडाध्यक्ष गोपाल नेपालीले पढाउन शुरु गरेका हुन् । विद्यालयमा कार्यरत शिक्षकहरु परीक्षा दिएर नआउन्जेलसम्म पढाउने नेपालीले बताए ।

उनले आफ्नै वडामा रहेको तपोधेनु माध्यामिक विद्यालय ९प्रस्तावित० काफलपाटामा पढाइरहेका छन् । उनले आफूसहित गाउँमा रहेका शिक्षित युवाहरुलाई समेत पढाउन लगाएका छन् । पढाईसँगै अतिरिक्त क्रियाकलाप पनि गराइएको वडाध्यक्ष नेपालीले दैनिक नेपाललाई जानकारी दिए ।

तपोधेनुको प्रावि तहमा १ जना राहतसहित ३ शिक्षक कार्यरत छन् । आधारभूत तहमा अंग्रेजी विषयको एक जना शिक्षक कार्यरत छन् । विद्यालयमा नीजि स्रोतबाट २ र अनुदानमा १ जना शिक्षक कार्यरत छन् । हाल गाउँपालिकाबाट आधारभू तहमा २, यसैगरी, मावि तहमा १ वटा दरबन्दी सिर्जना गरिएको वडाध्यक्ष नेपालीले बताए ।

अहिले विद्यालयमा कार्यरत शिक्षकहरुमध्ये प्रावि तहका १ र बाल विकास कार्यकर्ता १ जनाबाहेक सबै शिक्षक सेवा आयोगको परीक्षा दिन गएका छन् । विद्यार्थीको पढाईमा असर नपुगोस् भनेर आफूले पढाएको वडाध्यक्ष नेपालीले बताए । राजनीतिमा आउनुपूर्व नेपालीले केही समय शिक्षण समेत गरेका थिए । तत्कालीन एमालेबाट निर्वाचित उनी स्नातकोत्तर पास हुन् ।
दैनिक नेपालबाट साभार

  • १४ आश्विन २०७५, आईतवार १०:४२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU