धनगढीमा लैङ्गिक मैत्री उप–महानगर बनाउन अभिमूखीकरण
धनगढी । धनगढी उप–महानगरपालिकालाई लैङ्गिक मैत्री बनाउनका लागि बिहीबार जनप्रतिनिधी, महाशाखा शाखाका प्रमुख लगायत सरोकारवालाहरुलाई अभिमूखीकरण गरिएको छ ।
कार्यक्षेत्रमा लैङ्गिक रुपमा गरिने बिभेद न्यूनिकरणका लागि अभिमूखीकरण गरिएको हो । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले लिङ्गकै आधारमा घर र समाजमा मात्रै नभएर कार्यक्षेत्रमा पनि बिभेद हुने भएकाले अभिमूखीकरण आवश्यक भएको बताईन । निकै राम्रो छलफल भयो उप–प्रमुख भट्टले भनिन्, ‘लैङ्गिक बिभेदको मुद्धाले सबैलाई गम्भीर बनायो ।’
धनगढी उप–महानगरपालिकाले महिला सेवाग्राहीका लागि स्तनपान कक्ष तयार गरेको जानकारी दिईन । यो एउटा प्रयास थियो उप–प्रमुख भट्टले भनिन्, ‘ धेरै महिला कर्मचारीहरु भएकाले शिशु स्याहार कक्ष पनि कार्यालय भित्रै बनाउनुपर्छ भन्नेमा म लागेकी छु ।’ धनगढी उप–महानगरपालिकामा अपाङ्ग सेवा कक्ष पनि निर्माण गरिएको उप–प्रमुख भट्टले बताईन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया