बझाङमा पन्ध्र लाखको योजनामा आठलाख घोटाला, हिसाब माग्दा पावरको धम्की
बझाङ । केहिदिन पहिला सामाजिक संजालमा एउटा अडियो क्लिप भाइरल भयो ।
अडियोमा छबिस पाथिभेरा गाउँपालिका वडान सातका नेकपाका कार्यकर्ता विस्णु धामीले स्थानीय किट्टि धामीलाई अपशब्द प्रयोग गरेर पावरूको धम्की दिएका थिए । संगै, संचारकर्मीमाथी दुर्व्यवहार भएको थियो ।
के थियो घटनाक्रम ?
गत आर्थिक वर्षमा छबिस पाथिभेरा सातमा प्रदेशको पन्द्र लाख र दुइलाखको श्रमदानमा बासुधारा पर्यटकीय पदमार्ग नामक योजना बिनियोजित भएर सम्झौता भयो । टाठा बाठाले गुपचुपमै उपभोक्ता समिति गठन गरे । समितीको अध्यक्षमा विस्णु धामी थिए भने कोसाध्यक्षमा किट्टी धामी थिए ।
समितीले काम पदमार्गको काम सुरु गर्यो । तर, पदमार्गको कामको सम्पुर्ण गतिविधि अध्यक्षको एकलौटी निर्णय अनुसार अगाडी बढ्न थाल्यो ।
अध्यक्ष धामीले एउटा टोलबाट एकदिनमा पाँच जना मात्रै सहभागी हुन पाउने निर्णय गरे । समितिका पदाधिकारी लगाएत कोसाध्यक्ष किट्टी धामीले उक्त निर्णय जनसहभागिताको पक्षमा नभएको भन्दै विरोध जनाए । कोसाध्यक्ष किट्टि धामीको कारणले आफ्नो रणनीति अनुसार काम नहुने भएपछी अध्यक्ष धामीले किट्टी धामीलाई कोसाध्यक्षबाट हटाइएको घोषणा गरे ।
यधपी, योजना सम्झौता गर्दा, भुक्तानी लिदा किट्टी धामी नै कोसाध्यक्ष रहेको पुस्ट्री हुन्छ । योजनाको पैसा बचाउनको लागि अध्यक्ष धामीले पाँच जना मात्रै सहभागी हुन पाउने निर्णयको विरोध गर्दा मलाई कोसाध्यक्षबाट हटाइयो । कोसाध्यक्ष किट्टि धामी बताउछिन योजनाको पैसा बचाउने नियतले आफुलाई कोसाध्यक्षबाट जवर्जस्ती हटाइएको भन्दै धामीले गाउँपालिकाको न्यायिक समितिमा उपभोक्ता समितिको नाममा रहेको योजनाको खाता रोक्का गर्न उजुरी गरिन ।
न्यायीक समितिको लाचार निर्णय, लापरवाह अनुगमन
उपभोक्ता समितिले कार्यक्रम सम्पन्न गर्दा सार्वजनिक परिक्षण फारममा तोकिएको ढाचामा भर्नु पर्ने हुन्छ । जसमा कति जनाले श्रमदान गरेरु कुन९कुन निर्माण सामाग्री प्रयोग भयोरु कति रकम मौज्दात रह्यो उल्लेख गर्नु पर्ने हुन्छ ।
न्यायिक समितिले दुइटै पक्षलाई बोलाएर योजनाको रकम मौज्दात देखिएमा अन्य सार्वजनिक काममा लगाउनु भनी निर्णय गरेर पठायो । अनुगमन समितिले योजनाको स्थलगत निरीक्षण गरेर स्पष्ट रुपमा विवरण राख्नु पर्नेमा रकम मौज्दात रहेमाू भन्ने वाक्य प्रयोग गर्यो यो आफैमा विरोधाभासपुर्ण छ ।
करिब आठलाख मौज्दात रहेको कोसाध्यक्ष र स्थानीयको दावी उपभोक्ता समितिले जम्मा अठार दिन काम गरेको । कुनै पनि निर्माण सामाग्री खरिद नगरेको । रकम बचत भएकाले सम्झौतामा उल्लेख भए बमोजिमको दुई लाख बराबर श्रमदान नगरेको ।
सातलाख मै योजना सम्पन्न गरेको स्थानीय मानबहादुर धामी बताउँछन । उनले भने म संग योजनाको प्रत्येक दिनको हाजिरी, काम भएको दिन, उपस्थित कामदारको नाम, खर्चको विवरण छ । समितिले करिब आठलाख सोझै बचत गरेको देखिन्छ ।
न्यायीक समितिको निर्णय कार्यान्वयन गर्नुस भन्दा धम्की, बाहिरीयो अडियो
कोसाध्यक्ष किट्टि धामीले न्यायीक समितिले गरेको मौज्दात रकम सार्वजनिक काममा लगाउने निर्णय कार्यान्वयन गर्नुपर्छ भनेर बारम्बार अध्यक्ष धामीलाई अनुरोध गर्दापनि नमानेपछि इलाका प्रहरी कार्यालय बिसौनाचौरमा निवेदन दिइन ।
प्रहरी टोलि विवाद मिलाउन गाउँमै पुग्यो तर, अध्यक्ष धामीले एक रुपैयाँ पनि बचत छैन, भाडमा गयो त्यो समिती । जे जे गर्न सक्छ्स गर । तेरो पावर मेरो हात भित्र छ । भन्दै कोसाध्यक्ष किट्टी धामिलाई पावरको धम्की देखाएको सुनिन्छ ।
जुन अडियो केही दिन अघिदेखि सामाजिक संजालमा भाइरल भएको देखिन्छ । यश बारेमा अध्यक्ष विस्णु धामीलाई सोधपुछ गर्न खोज्दा उनको मोबाइल सम्पर्क हुनसकेन ।
सामाजिक संजालमा आलोचना गरेको भन्दै अध्यक्ष धामिका छोरा शिव धामीद्वारा सञ्चारकर्मीलाई दुव्यवहार सामाजिक संजालमा बाहिरीएको अडियो जिल्लाको रेडियो केदारमा कार्यरत सन्चारकर्मी कर्ण धामीले सेयर गरेपछी उपभोक्ता समितिका अध्यक्ष धामिका छोरा शिव धामीले फेसबुक म्यासेजमा अपशब्द प्रयोग गर्दै गाली गलौज गरेर दुर्व्यवहार गरेका छ्न । आफुलाई दुर्व्यवहार भएको भन्दै संचारकर्मी धामीले शिवराज धामीको विरुद्धमा दुर्व्यवहारको जाहेरी दिने बताए ।
अध्यक्ष विस्णु धामीको पावरूको दम्भ
नेकपाका सक्रिय कार्यकर्ता रहेका विस्णु धामीको गाउँमा पावरको दम्भ रहेको जनताको गुनासो छ । उक्तकुरा केहिदिन पहिला बाहिरिएको अडियोमा समेत सुनिन्छ ।
पावरकै भरमा विगत आठ वर्षदेखि गाउँस्थित धौलिगाड लघु जलविद्युत आयोजनाको हिसाब समेत सार्वजनिक नगरेको स्थानीय बताउँछन ।
विस्णु धामी धौलिगाड लघु जलविद्युत आयोजनाको स्थापनाकाल देखि कै अध्यक्ष रहेको छन । यद्यपि लघु जलविद्युतको मुलसमितिको कार्यकाल दुई वर्षको रहेने प्रावधान रहेको छ ।
स्थानीयले बारम्बार जलविद्युतको आय९ब्यय सार्वजनिक गर्न माग गर्दा समेत धामीले नटेरेको स्थानीय बताउँछन ।
बिगतदेखि कै आयब्यय सार्वजनिक नहुदा लाखौं रकम दुरुपयोग भएको र करोडौंको लघु जलविद्युत लथालिङ्ग भएको स्थानीय बताउँछन् । हाल विधुतको मुल नहर भत्किएर बन्द रहेको छ भने घट्टे कुलोको पानीले विधुत संचालन गरिएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया