सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गौरीगंगा नगरपालिकामा साझा सभा सम्पन्न
"समस्या समाधान गर्ने नगरप्रमुख देउवाको प्रतिबद्धता "

मसुरिया ९ असोज । कैलाली जिल्लाको गौरीगंगा नगरपालिकालाई राम्रो र हाम्रो नगरपालिका बनाउन सबै जवाफदेहि बन्नुपर्ने नगरप्रमुख भिमबहादुर देउवाले बताउनुभयो ।


सोमबार गौरीगंगा नगरपालिका वडा नम्बर ९ मसुरियामा एफएमडिसी,बिकास र सामाजिक परिर्वतनका लागि सञ्चारले आयोजना गरेको साझा सभा कार्यक्रममा बोल्दै नगरप्रमुख देउवाले गौरीगंगा नगरपालिकाकाले हाल सम्म सुरुवात र सम्पन्न गरेका कामहरुको जानकारी समेत दिनुभयो ।


कार्यक्रममा सहभागि नगर उद्योेग बाणिज्य संघका अध्यक्ष राजेन्द्र देवकोटाले नयाँ उद्योग स्थापना गर्न नगरपालिकाले पहल गर्नुपर्ने बताए । उनले नगरबासीलाई कर शिक्षाको बारेमा पनि जानकारी दिन जरुरी रहेको सुझाव दिनुभयो ।
शिक्षक मिलन ओलीले गौरीगंगा नगरपालिमा निजी शिक्षकको सवालमा निकै समस्या रहेको उल्लेख गर्दै नगरले यो बिषयमा ध्यान नदिएको बताए । त्यस्तै मौरीपालन महासंघका केन्द्रिय महासचिव मोहन खनालले गौरीगंगा नगरपालिकालाई चुनावको समयमा मोरीपालनको पकेट क्षेत्र घोषणा गर्ने भने पनि अहिले सम्म कुनै पहल नभएको बताए । त्यस्तै पत्रकार खगेन्द्र जैसी, घनश्याम पौडेल र दिनेश दहित लगाएतले त्यस क्षेत्रका नागरिकहरु संग जोडिएका समस्याहरु बारे प्रश्न उठाउनुभएको थियो ।


गौरीगंगा नगरपालिकामा रहेका सरोकारवाला नागरिकहरुले शिक्षा,स्वास्थ्य,कृषि र बिकास निर्माण देखि नगरका हरेक गतिबिधीहरु टेलिफोन सेवा,बिजुली बत्ति, पसु चौपाया, युवा दुव्यसनी, खेलकुद लगाएत जन चासोका बिषयको बारेमा नगर प्रमुखलाई प्रश्न गरेका थिए । उठेका प्रश्नहरुको जवाफ दिदै नगर प्रमुख देउवाले समस्या समाधान गर्न आफु प्रतिबद्ध भएको बताए ।


उनले साझा सभामा नगरबासीका रचनात्मक सुझाव सल्लाह आएको यसलाई सकारात्मक रुपमा लिएको बताए ।
एफएमडिसीले नितिगत रुपमा उठाउदै आएको थारु समुदायमा देखिने सिकलसेल एनिमिया रोगको बारेमा नगरपालिकाले शिबिर सञ्चालन गर्ने समेत उल्लेख गरे । कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारी,११ का वडा अध्यक्ष बिनोद कुमार चौधरी,७ का वडा अध्यक्ष दलबहादुर कुमाल लगाएत स्थानिय जनप्रतिनीधिहरुको सहभागिता रहेको थियो ।


स्थानिय सभाका संयोजक लिलाधर न्यूरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको बारेमा एफएमडिसीका कार्यक्रम संयोजक ओम जोशीले जानकारी दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन अभियान अधिकारी निराजन परियारले गर्नुभएको थियो ।

  • ८ आश्विन २०७५, सोमबार ११:१२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU