श्री नमा शिवशक्ति द्धारा आदर्श गाउँपालिकालाई आर्थिक सहयोग
डोटी । डोटी स्थित श्रि नमा शिवशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिडेटले आदर्श गाउँपालिकालाई २० हजार १ रुपियाँको चेक सहयोग गरेको छ ।
कोरोना नियन्त्रणका लागी गाउँपालिकाका अध्यक्ष टेक बहादुर रोकायालाई सहकारी संस्था लिमिडेटका अध्यक्ष मोहन बहादुर खड्काले चेक सहयोग गरेका सहकारीका लेखा समितीका संयोजक तपराज ओझाले जानकारी दिए ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमण नियन्त्रणका लागी आर्थिक सहयोग गरिएको अध्यक्ष मोहन बहादुर खड्काले बताए ।
सहकारीले आपत्त बिपदका बेला विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया