बास कैलाली गठन‚ अध्यक्षमा पाण्डव पुजारा
असोज ०२, धनगढी । भ्रष्टाचार न्यूनिकरण र असल शासनका क्षेत्रमा काम गर्ने संस्था बागेश्वरी असल शासन (बास) कैलाली समितीको पुर्नगठन मंगलबार धनगढीमा भएको छ ।

नौ सदस्यीय रहेको समितीकोे अध्यक्षमा पाण्डव पुजारा, उपाध्यक्षमा चित्रराज भण्डारी, सचिवमा चिरन्जीबी छेडाल, सहसचिवमा अस्मिता केसी, कोषाध्यक्षमा क्रिचा पनेरु चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा दिपेन्द्र खड्का, हेमराज जोशी, करिस्मा चन्द, सन्दिप श्रेष्ट चयन भएका छन् । सल्लाहकारहरुमा उम्मिद बागचन्द, ठाकुर प्रशाद करिया प्रधान, प्रेम प्रशाद ढुगाना, र लक्ष्मि जैशी रहेका छन् ।
बागेश्वरी असल शासन केन्द्रिय अध्यक्ष नमस्कार शाह, युएनडीपीका क्षेत्रिय संयाजक छतिस पाण्डेको उपस्थिती रहेको थियो । २०५७ सालमा नेपालगन्जमा स्थापना भएको बागेश्वरी असल शासन (बास) नेपालका ७२ जिल्लामा शाखाहरु छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया