खेम राज खनाल, काठमाडौं २८ माघ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गरी पुरस्कृत हुने प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबीच बधाई तथा सम्मान गर्नुभएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवसको अवसरमा उक्त आयोगमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आफ्नो व्यावसायिक ज्ञान एवम् लगनशीलताको उच्च प्रदर्शन गर्दै...
चरण प्रसाई । लोकतन्त्र प्रश्नले जोगिन्छ। नेपाली सेना प्रमुख अशोक सिग्देललाई ‘तपाईंले ‘कु’ गर्न खोजेको हो?’ रक्षा बम र तीनजना बहिनीका प्रश्नले हाम्रो लोकतन्त्र जोगिएको हो। (हरि शर्मा) महात्मा गान्धीको ‘मन से डर हटाओ’ नाराले भारतका जनतामा अन्याय, अत्याचार र दमनविरुद्ध लड्न साहस जगायो। उनको अहिंसात्मक क्रान्तिले भारतवासीको बलिदानी साथ पायो। ‘किन हामीले ब्रिटिस शासन स्विकार्ने ? प्रश्नले शक्तिशाली बेलायती साम्राज्यलाई झुकायो। ‘भारत छोडो’ उद्घोषले अंग्रेज शासकका कब्जाबाट देश मुक्त भयो।...
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले शेयर निष्काशनबारे राखेको मागका बारेमा सम्बोधन नगरे कडा आन्दोलन गर्ने घोषणा गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्कीले जलविद्युत् आयोजनाको शेयर निष्काशन आयोजना निर्माणकै क्रममा हुने गरी तत्काल प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । त्यसका लागि धितोपत्र बोर्ड र नेपाल सरकारलाई सुझाव दिँदै आएको पनि अध्यक्ष कार्कीले जनाए । कार्कीले भने, ‘यदि सरकार र धितोपत्र बोर्डले हाम्रो...
काठमाडौं १३ श्रावण । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए। प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि...
काठमाडौं १ श्रावण । नेपाली सेनामा कार्यरत २१ जनाको बढुवा भएको छ । एक जना प्रमुख सेनानी, एक जना महासेनानी र १९ जना सहायक सेनानीहरुको बढुवा भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ...
विसं २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको परराष्ट्रमन्त्रीमा डा आरजु राणा देउवा नियुक्त भएयतानेपालको कूटनीतिक सम्बन्धमा नयाँ आयामहरुथपिएका छन् भने उहाँको कूटनीतिक ‘इङ्गेजमेन्ट’बाटपरराष्ट्र नीति थप सुदृढ बन्न पुगेको छ । यो एक बर्षमामन्त्रालयबाट नेपालको परराष्ट्र सम्बन्धलाई थप सबलबनाउने पक्षमा महत्वपूर्ण कामहरु भएका छन् । विश्वजगत एवं विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमासहभागिताका साथै द्विपक्षीय एवं बहुपक्षीयभेटवार्ताहरुमा मन्त्री डा राणाले नेपालका राष्ट्रियएजेण्डाहरु राख्नुका साथै राष्ट्रिय स्वार्थका पक्षमावकालत गरिरहनुभएको छ । कुनै पनि परराष्ट्रमन्त्रीको...
विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले तयार पारेको गुरुयोजनाअनुसार सिनामङ्गल डिपो सो क्षेत्रमा सार्ने तयारी गरिएको हो । काठमाडौं १५ असार । जग्गा प्राप्ति नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सिनामङ्गल हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ हुने देखिएको छ । सुरक्षा जोखिम औँल्याउँदै सरकारले नेपाल आयल निगमको सिनामङ्गलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गर्ने निर्णय गरे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गाको स्वामित्व हस्तान्तण नगर्दा डिपो स्थानान्तरणको कार्य विलम्ब भएको निगमले स्पष्ट पारेको छ...
काठमाडौं ९ असार । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मन्त्रालयले हाल इजरायल र इरानमा रहेका नेपालीहरुको सुरक्षा र आवश्यकताका आधारमा स्वदेश फिर्तीका सम्बन्धमा ध्यान केन्द्रित गरिरहेको बताउनुभएको छ । विनियोजन विधेयक २०८२÷८३ अन्तर्गत उठेका प्रश्नहरुको प्रतिनिधिसभाको सोमबारको बैठकमा जवाफ दिँदै मन्त्री डा राणाले सो जानकारी दिनुभएको हो । मन्त्री डा राणाले भन्नुभयो “हाल इजरायल इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावहरुलाई अत्यन्त गम्भीरताका साथ लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च...
वासिंगटन डिसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थीलाई भर्ना दिने पुर्ववत निर्णय अहिले रद्द गरिदिएको छ। युएस होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले बिहीबार ढिलो होमल्याण्ड सेक्युरिटी विभाग (डिएचएस) लाई हार्वर्डको स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम (एसईभिपी) को प्रमाणीकरण तत्काल रद्द गर्न आदेश दिएकी छिन्। विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने क्षमता पुनः प्राप्त गर्न हार्वर्डले हालका बाह्य विद्यार्थीहरूको बारेमा ७२ घण्टा भित्र जानकारी उपलब्ध गराउनु पर्नेसमेत भनिएको छ ।...
काठमाडौं ६ जेष्ठ । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) को बढुवा सिफारिस गरिएको छ । सिफारिस अनुसार डीआईजी सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस भएका हुन् । मंगलबार बसेको सिफारिस समितिको बैठकले उनको नाम सिफारिस गरेको हो। आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि त्यसको एकसात अघि नै शाहलाई सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। ...

