सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणाली सञ्चालन
"मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे "

धनगढी,३० भदौं । धनगढी उप–महानगरपालीकाको बेभबेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणालीको शनिवार प्रदेश नं ७का मुख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् । वेभका माध्यमबाट पूर्वाधार विकासका सबै सूचना तथा जानकारीहरु दिने प्रणाली संचालनमा ल्याउने धनगढी उप–महानगरपालीका देशमै पहिलो हो । प्रदेश सरकारले पहिलो बैठकमै सबै सरकारी कार्यालयलाई सूचना प्रविधी मैत्री बनाउने निर्णय गरिएको थियो मुख्य मन्त्री त्रिलोचन भट्टले भने,‘धनगढी उप–महानगरपालीका देशमै पहिलो भएकोमा बधाई दिन चाहन्छु । उनले यो प्रणाली संचालनमा निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताए । उनले धनगढी उप–महानगरपालीकाले संचालनमा ल्याएको प्रविधीको प्रभावकारीता हेरेर प्रदेशभरीका सरकारी कार्यालयमा संचालन गर्न प्रोत्साहीत गरिने पनि बताए ।

बेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणालीले नगर क्षेत्रमा संचालन भएका योजनाको सुरुवाती चरण देखि कर्यान्वयनको चरणहरुको जानकारी मोवाईल एप्सको माध्यमबाट लिन सकिन्छ । स्मार्ट फोनको प्रयोग गरेर सबै बस्ती र वडाका योजनाको अबस्था बुझ्न सकिने भएकाले यो प्रणालीबाट जनताको सूचनाको हक तथा सुशासन प्रवर्दन हुने पनि मुख्य मन्त्री भट्टले बताए ।

प्रदेश नं ७ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री पठान सिंह बोहराले धनगढी उप–महानगरपालीकाले सुरुवात गरेको यो प्रणालीको प्रभाव अन्य स्थानीयतहमा पनि पर्ने बताए । उनले भने,‘जनताले सरकारका सबै गतिविधीहरु जान्न पाउनु पर्छ । चाडै नै प्रदेशका मन्त्रालयमा यो प्रणाली लागु गरिने पनि मन्त्री बोहराले बताए । उनले भने,‘सरकार सधै खुला र पारदर्शी हुनुपर्छ ।

जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले सबै जनप्रतिनिधीहरु केहि गर्न चाहिरहेको भएपनि गर्न नसकिरहेको बताए । उनले भने,‘यसमा कानुनी जटिलता छन् यो जटिलताबाट पार लाग्नुपर्छ । धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले नगरका काम कार्वाहीहरु खुला र पारदर्शि बनाउनका लागि  बेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणाली संचालनमा ल्याएको बताए । उनले भने,‘नगरका हरेक गतिविधीहरुमा नागरिकको निगरानी हामीले चाहेका छौं । बेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणाली संचालनमा आएकाले यसको धेरैभन्दा धेरै प्रयोग गर्न पनि नगरप्रमुख वडले नगरवासी संग आग्रह गरे । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले हेर्दा सामान्य जस्तो लागेपनि बेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणाली महत्वकांक्षी योजना भएको बताए । उनले भने,‘यसले सुशासनका क्षेत्रमा केहि समय भित्रै प्रतिफल दिन थाल्ने छ । कैलालीको गोदावरी नगरपालीकाका प्रमुख हरी सिंह साउँदले स्थानीय सरकारले हिजोकै शैलीमा काम गरेमा चाहेको उपलब्धी हात नपर्ने बताए । उनले भने,‘लोकतन्त्रको संस्थागत बिकास गर्नका लागि पनि बेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणालीले सहयोग गर्ने छ ।

धनगढी उप–महानगरपालीकाकी उप–प्रमुख सुशिला मिश्र भट्टले बेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणाली सुरु गर्ने देशकै पहिलो नगरी बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिईन । उनले भनिन्‘यसको उपयोग गर्नका लागि नागरिकतहमा जानकारी दिनु हामी संग चुनौती छ ।

बेभ बेसमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणाली विकासमा योङ्ग ईनोभेस कम्पनी काठमाण्डौको प्राविधीक सहयोग, किङ्गस् कलेज काठमाण्डौको अनुसन्धान र धनगढी उप–महानगरपालीको सहयोग रहेको छ ।

  • ३० भाद्र २०७५, शनिबार ११:३४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU