सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

फ्लोरेन्स आँधी: अमेरिकामा कम्तीमा पाँचको मृत्यु
"घरमा एउटा रुख ढल्दा आमा र बच्चाको मृत्यु "

फ्लोरेन्स नामको शक्तिशाली समुद्री आँधी अमेरिकाको पूर्वी तटमा आइपुग्दा त्यसका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ।

उक्त आँधीका कारण ६ लाख मानिसहरू विजुलीको सेवाबाट बञ्चित बनेका छन्।

आँधीका कारण त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको छ।

अधिकारीहरूका अनुसार बिजुलीको आपूर्ति पुन: गर्न अझै केही दिन वा हप्ता पनि लाग्न सक्छ।

  • अमेरिका: आँधीबाट सजग रहन चेतावनी
  • जापानमा २५ वर्षयताकै शक्तिशाली आँधी

मानवीय क्षति

अहिलेसम्म उक्त शक्तिशाली आँधीका कारण तीनजनाको मृत्यु भएको पुष्टि भइसकेको छ। यसअघि अधिकारीहरूले आँधीका कारण चारजनाको मृत्यु भएको बताएका थिए। नर्थ क्यारोलाइनाको विलमिङटनस्थित घरमा एउटा रुख ढल्दा एउटी आमा र उनका एकजना बच्चाको मृत्यु भएको छ।

ती बच्चाका घाइते बुवालाई भने उपचारका लागि अस्पताल पुर्याइएको छ। नर्थ क्यारोलाइनाका गभर्नर रोए कुपरले शुक्रवार साँझ गरेको एउटा पत्रकार सम्मेलनमा कयौं मृत्युका घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। स्थानीय र राज्य स्तरमा खटिएका स्वास्थ्यकर्मीहरूले मृत्यु आँधीकै कारणले भएको हो कि होइन भनी परीक्षण गरिरहेका छन्।

सुझाव

अहिलेसम्म आँधीका कारण १७ लाख मानिसहरूलाई आफ्नो ठाउँ छोडेर अन्यत्र जान सुझाइ सकिएको छ। त्यहाँको मौसमसम्बन्धी जानकारी दिने न्याश्नल वेदर सर्भिसका अनुसार हावाको वेग ११० किलोमिटर प्रतिघण्टा रहेको छ। गभर्नर कार्यालयका अनुसार लेनोइर काउन्टीमा जेनेरेटरको तार जोडिरहेका बेला आँधीका कारण तेस्रा व्यक्तिको मृत्यु भएको थियो। उक्त राज्यका यातायात मन्त्री जेम्स ट्रोगडनले सामान्यतया प्रत्येक हजार वर्षमा देखापर्ने बाढी यसपटक यो आँधीका कारण देखापर्नसक्ने बताएका छन्। आँधीकै कारण कतिपय क्षेत्रमा ठूलो वर्षासमेत भइरहेको छ।

बिबिसी नेपाली सेवाबाट साभार

 

  • ३० भाद्र २०७५, शनिबार ०४:०७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे ‘टोकियो घोषणा पत्र–२०२६’ जारी
    ग्लोबल मिडिया कन्फ्रेन्स – २०२६ जापानको टोकियोमा सन्पन्न

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU