डोटीमा बस दुर्घटना २४ जना घाइते, ८ गम्भीर
डोटी, २८ भदौ । डोटीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको ना ७ ख ९११४ नम्बरको बस बिहीबार बिहान करिब ३ बजे डोटीको जोरायल गाउँपालिका २ अठासीको मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घाइतेको उद्धार गरी कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेमा दार्चुला मार्मा( १ का वर्ष ३८ का अम्मर सिंह ठगुन्ना, कञ्चनपुर बेदकोट( ६ का वर्ष ३० का हरद सिंह भण्डारी, वर्ष १७ का वीरेन्द्र भण्डारी, सुर्खेतका २४ वर्षीय प्रदीप सुनार रहेका छन् ।
यस्तै कञ्चनपुर कृष्णपुर( ३ का वर्ष ४५ का गंगादत्त जोशी ९गाडी धनी०, कञ्चनपुर कृष्णपुर( २ का वर्ष ३४ का पदम पन्त ९चालक०, भीमदत्त नपाका वर्ष ३० का देवराज जोशी, कञ्चनपुर सुडा( ८ की वर्ष २५ की उर्मीला बोहोरा रहेका छन् ।
घाइते मध्ये चालक पन्तलाई थप उपचारका लागि भारत रिफर गरिएको छ । दुर्घटनाका घाइतेमा दुई जना महिला र एक बालक पनि रहेका छन् । बस सडकबाट करिब ६० मिटर तल खसेको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया