निर्मला हत्या काण्ड, मिलेन दिलिपको डीएनए
महेन्द्रनगर, २६ भदौ । निर्मला पन्तको भेजाइनल स्वाब योनीभित्रको तरलबस्तुमा रहेको बलात्कारीको डीउनए र दिलिपसिंह विष्टको डीएनए फरक भएको पाइएको छ ।
स्रोतका अनुसार विधि विज्ञान प्रयोगशालाले दिलिपको डीएनए नमिलेको रिपोर्ट प्रेषित गरेको छ । सो रिपोर्टबारे जिल्ला अदालतलाई समेत जानकारी गराइसकिएको स्रोतको भनाई छ ।
डीएनए नमिलेपछि दिलिपलाई सरकारी वकिल कार्यालयबाट तारेखमा छोड्ने सम्भावना रहेको स्रोतको भनाई छ ।
बम दिदीबहिनीलाई पनि तारेखमा छोड्ने सम्भवना रहेको बताइएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया