सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

साफ च्याम्पियनसिपमा नेपालले इतिहास रच्नेमा विश्वस्त छुः प्रशिक्षक महर्जन

काठमाडौँ २६ भदौ । नेपालले साफ च्याम्पियनसिपमा इतिहास रच्ने राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन्। नेपालले प्रतियोगिताको सेमिफाइनलमा बुधबार माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ।


खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे ढाकास्थित बंगबन्धु रंगशालामा सुरु हुनेछ। नेपाल २५ वर्षे साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन।

प्रशिक्षक महर्जनले साफ च्याम्पियनसिपको पूर्वसन्ध्यामा बंगलादेशमा आयोजना भएको पत्रकार सम्मेलनमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा पुगेर इतिहास रच्ने दाबी गरेका हुन्। उनले भने, ‘नेपाल साफ च्याम्पियनसिपको ग्रुप स्टेजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै समूह बिजेता बनेको टोली हो। पाकिस्तानसँग २–१ ले पराजित भएपनि भुटानलाई ४–० र आयोजकलाई २–० ले पराजित गर्नु नेपालको लागि महत्वपूर्ण कुरा हो। नेपालले प्रतिस्पर्धात्मक खेलिरहेको छ। त्यसैले म नेपाल फाइनलमा पुग्छ भन्नेमा विश्वस्त छु। नेपालले इतिहास रच्नेछ।’

यसैगरी पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान बिराज महर्जनले नेपालले माल्दिभ्सलाई पराजित गर्नेमा आफू् विश्वस्त भएको बताएका छन्। उनले भने, ‘नेपालले माल्दिभ्सलाई जित्छ भन्नेमा विश्वस्त छु। तर धेरै विश्वस्त चाहिँ छैन्। बुधबार हामी जितकालागि मैदान उत्रनेछौं।’

पाँचौ पटक सेमिफाइनल खेल्न लागेको नेपाली टोलीका लागि माल्दिभ्स केही कमजोर प्रतिद्वन्द्वी देखिएको छ। यसअघि सन् १९९५, सन् १९९९, सन् २०११ र २०१३ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो। समूह चरणमा दुई खेल खेलेको माल्दिभ्स एकमा पराजित र एकमा बराबरी गर्दै सेमिफाइनल पुगेको हो। पहिलो सेमिफाइनलमा प्रतिस्पर्धाका लागि मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु रहनेछ। तर नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई अहिलेसम्म पराजित भने गर्न सकेको छैन।

साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्स अहिलेसम्म छ पटक खेलेका छन्। जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो। नेपालले साफमा माल्दिभ्सविरुद्ध सात गोल गर्दा १४ गोल खाएको छ।

नेपालले माल्दिभ्ससँग खेलेको पछिल्लो खेल सन् २०१६ को बङ्गबन्धु गोल्डकप हो। उक्त खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराएको थियो। नेपाल र माल्दिभ्सबीचको विजेताले भारत र पाकिस्तानबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ। बुधबारनै भारत र पाकिस्तानबीच दोस्रो सेमिफाइनल हुनेछ।

  • २६ भाद्र २०७५, मंगलवार ०८:५८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU