स्थापना दिवसको अवसरमा फलफुल वितरण
रमित बिक,बाजुरा १९ भाद्र । नेपाल निजामति कर्मचारी युनियन संघ बाजुराले २८ औँ स्थापना दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा रहेको बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

आज विहाना जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार गराईरहेका १८ बढी बिरामीलाई वितरण गरिएको नेपाल निजामति कर्मचारी युनियन संघ बाजुराका अध्यक्ष तिलक थापाले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा बिभिन्न किसिमका उपचार गराईरहेका बिरामीहरुलाई स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरिएको उनले बताए । कार्यक्रममा बोल्दै नेपाल निजामति कर्मचारी युनियन संघका निवर्तमान अध्यक्ष रामचन्द्र यादवले जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा भाईरल ज्वरोका बिरामीको संख्यामा समेत बृद्धि भएकाले उनीहरुलाई भेटी स्वास्थ्य लाभको कामना समेत गरेको बताए ।

स्वास्थ्यकर्मी समेत रहनुभएका यादवले भाईरल ज्वरोका कारण धेरै बिरामी हुने भएकाले सफा सुरक्षित रहन आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला स्थित बिभिन्न कार्यालयमा कार्यरत कर्मचारी,पत्रकारहरुको सहभागिता रहेको थियो । साथै स्थापना दिवसको अवसरमा आज बेलुका पनि बिभिन्न कार्यक्रम गरी मनाउने बताईएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया