सुदुरपश्चिमेलीहरुको एकताको पर्व गौरा भिडियो सहित "सुदुरपश्चिम गौरा महोत्सव सम्पन्न "
सुदुरपश्चिमेलीहरुको धार्मिक‚ साँस्कृतिक र एकताको महत्व बोकेको गौरा पर्व यस क्षेत्रका ९ वटै जिल्ला लगायत राजधानी काठमाण्डूमा समेत विविध कार्यक्रमका आज मनाई रहेका छन । विगतमा परम्परा रुपमा मात्र सिमित हुने यो पर्व पछिल्ला दिनहरुमा समाजलाई एकतामा बाँध्न र बिकृति हटाउनमा सचेतना जगाउने पर्वका रुपमा मनाईने गरेको छ ।

सुदुरपश्चिम अर्थात प्रदेश ७ का ९ वटै जिल्लामा गौरा पर्वको रौनक छाएको छ‚ देवी देउताका मन्दिरहरुमा गौरा अर्थात पार्वतीको पुजा आराधना र देउडा खेलले सुदुरपश्चिमेलीहरु रँगिएका छन । कतिपय ठाउँमा महिला मात्रै र महिला र पुरुषको छुट्टा छुट्टै समुहले देउडाको माहौल तताएका छन । उनीहरुले यस पालिको गौरा पर्वमा यस क्षेत्रमा भयावह रुपमा घटेका बलात्कार बलात्कारपछि हत्याका घट्नामा पिडितलाई न्याय दिलाउन सचेतना जगाई रहेका छन ।

धनगढीको बनदेवी मन्दिरमा हुँदै गरेको पुजा आराधनामा सहभागि धना भट्ट र विमला ठगुन्नाले गौरा पार्वतीसँग हाम्रो देशमा अव देखि कुनै पनि युवती किशोरी बलात्कारको शिकार हुन नपरोस भनेर न्याय मागिन । सुदुरपश्चिम गौरा महोत्सवका सहभागिहरुले प्रतियोगिताका बीच बलात्कारमा परेकालाई न्याय दिलाउन सचेतना गराउन चुकेनन ।

फरक फरक समुहमा देउडा खेलेर निर्मला पन्त र माया बिकको पक्षमा सरकारको ध्यानाकर्षण गराउन उनीहरुले दरो कानून ल्याउन माग गरे । सुदुरपश्चिम क्षेत्र भरी गौरा पर्वको रोनक छाईरहँदा निर्मला पन्तको घटनाका कारण यस वर्ष कञ्चनपुर जिल्ला बासिका लागि भने सुदुरपश्चिमेलीहरुको एकताको महत्व बोकेको गौरा पर्व निरश पुर्ण रह्यो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया