सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सचिवले किर्ते हस्ताक्षर गरेर रकम हिनामिना
"छानबीनको दायरामा ल्याउन माग "

रमित बि.क.बाजुरा १६ ।  सिँचाई कुलो निर्माण समितिका सचिवले किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको खुलासा भएको छ। बडिमालिका नगरपालिका–३ रजालीमा निर्माण गरिएको काफल खोला सिँचाई योजना निर्माण समितिका सचिव नरबहादुर रावलले अध्यक्ष र कोषाध्यक्षको हस्ताक्षर आफैले गरी रकम झिकेर हिनामिना गरेको खुलासा भएको हो । अन्तिम किस्ता बापतको रकम निकाशाका लागि समितिका अध्यक्ष झुपे खड्का र कोषाध्यक्ष फुँगी चदारा बैंक पुगेपछि रकम झिकेर हिनामिना गरेको खुलेको हो। समितिले भदौ ६ गतेमात्र रकम हिनामिना भएको जानकारी पाएको थियो । चेक र निर्णय पुस्तीका आफैले राखेका नरबहादुर रावलले विभिन्न मितिमा ८ पटक किर्ते हस्ताक्षर गरि ६ लाख ९२ हजार रुपैया रकम झिकेको देखिएको छ । २३ लाख गरिबी निवारण कोष र २ लाख साविक जुगाडा गाविसको गरी ५ लाखको लागतमा सिँचाई कुलो निर्माण गरिएको छ। २ लाख गाविस र ९ लाख ६० हजार गिफ्ट बाजुरा गरिबी निवारण कोषको रकम सामूहिक रुपमा झिकेर काममा लगानी गरिएको पाईएपनि अन्तिम किस्ता बाहेक खातामा राखिएको रकम किर्ते गरेको अध्यक्ष झुपे खड्काले बताए । सिँचाई कुलो निर्माणका लागि २०७३ जेष्ठ देखि २०७४ जेष्ठ २८ गतेसम्म सम्झौता गरिएको छ। गरिबी निवारण कोषको रकम निकाशामा ढिलाई हुँदा भुक्तानी प्रक्रिया एक वर्ष लम्बीएको समितिले बताएको छ। निर्माणमा प्रयोग गरिएका सामाग्री र सिमेन्ट सरिया सहीतको रकम निकाशा भएपनि कामदारको रकम सचिवले किर्ते गरि कुम्ल्याएका छन् । काम गरेको एक वर्ष ढिलो गरि रकम पाउने आश गरेपनि ठीक उल्टो सचिवले रकम थाहै नदिई हिनामिना गरेको प्रति स्थानीय आक्रोशीत बनेका छन्। समितिलाई थाहै नदीई रकम हिनामिना गरेपछि उपभोक्ता समितिले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ। सिँचाइकुलो स्थानीय २ सय ३० परिवारलाई लक्षित गरी निर्माण गरिएको छ । सचिव नरबहादुर रावलका नाममा किर्ते हस्ताक्षर गरेर रकम हिनामिना गरेको भन्दै उजुरी दिएको अध्यक्ष झुपे खड्काले बताएका छन्। यता प्रहरी नायव उपरीक्षक सागर बोहराले पनि उजुरी दिएको र त्यस बारे सरकारी वकिल कार्यालयमा कानुनी परामर्श लिन काम भईरहेका बताएका छन् । सचिव नरबहादुर रावलको फोन भने अफ गरिएको छ । स्थानीयले आफूले पाउने रकम एक्लैलै झ्वाम पारेकोमा आक्रोशित बनेका छन् । रावललाई किर्ते गरेको प्रमाणका आधारमा कारवाही प्रक्रिया अघि बढ्ने भएको छ ।

  • १६ भाद्र २०७५, शनिबार १६:१० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU