फेरि कञ्चनपुरमा एक किशोरीको सामुहिक बलात्कार
लिलि कुँवर, कञ्चनपुर १५ भाद्र । महेन्द्रनगर को कंञ्चनपुरमा निर्मला को बलात्कार हत्या को घटना सेलाउन नपाउदै कंचनपुरको बेल्डाँडी भन्ने ठाँउमा फेरि एक किशोरी सामुहिक रुपमा बलात्कृत भएकी छिन ।

बेल्डाडी नगरपालिकाकाी १६ बर्षीय किशोरीमाथि विहिवार राति सामुहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्रबहादुर बमले जानकारी दिनुभएको छ ।
बेल्डाँडी प्रहरीका अनुसार विहिवार किशोरीको घरमा पूजा थियो । पूजाकै विचममा उनकै चिनजानको युवकले सडकमा बोलाएको र त्यसपछि ४ जना को समूहले ति किशोरीलार्इै बलजबरजस्ती मोटरसाइकलमा राखेर जबदिया भन्ने गाँउ लगेर सामुहिक रुपमा बलात्कार गरेका छन ।
अहिले किशोरीको चेकजाँच भै रहेको छ । बलात्कृत चारै जना फरार रहेको उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया