सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

महिला बिकास कार्यालय हटेपछि बझाङ्गी महिला दुखित

डीबी विष्ट भदौ १२ बझाङ । बझाङ्गी महिलाहरुको क्षमता बिकास र हकहितका लागी झण्डै तिन दशक देखि अगाडी स्थापना भएको महिला तथा बालबालिका कार्यालय जिल्ला बाट हटे पछि बझाङ्गी महिला हरु दुखित भएकी छन् ।
राज्यको शासकिय स्वरुप बललिए संगै जिल्लाका कार्यालयहरु नरहने भएपछि बझागंको महिला तथा बालबालिका कार्यलय पनि यो साता बाट बिधिबत रुपमा हटे पछि यहाँका महिला दुखित भएका हुन् ।
महिला तथा बालबालिका कार्यालयमा कार्यरत महिला कार्मचारीहरु गाँउपालिका तथा नगरपालिकाको कार्यालयहरुमा पदस्थापना हुदाँ अधिकृत बस्ने दरवन्दी नहुदाँ महिला बिकास अधिकृत लिला घलेको औपचारिक रुपमा बिदाई भएको हो ।
महिलाहरुका लागी मात्रै योजना तथा कार्यक्रम तय गर्ने आय आर्जनका साथै क्षमता बिकास तथा अधिकारका सवालमा समेत काम गर्ने महिला बिकास कार्यालय हट्दा हामी महिलाहरु लाई दुख लागेको महिला अधिकारक्रमी उमा केसीले बताउनु भयो ।
आधा आकाश ढाक्ने महिलाहरुको जनसख्या भएको र अझै महिलाहरु पछाडी परेका हुदा जिल्लामा महिला तथा बालबालिका कार्यालय हटाउनु सरकारले महिलाहरुलाई ब्यवास्ता गरेको केसीले गुनासो पोख्नु भयो ।

साबिकको ४७ वटा गाबिस रहेको जिल्लामा महिला तथा बालबालिका कार्यालय बाट महिला समुहहरु गठन गर्ने , आय आर्जन समुहहरु बनाउने , महिला शहकारी स्थापना गर्ने , निगरानी समुहहरु बनाएर तालिम तथा बिभिन्न क्षमता बिकासका कार्यहरु सन्चालन गर्दै आएका थिए । समुह , सन्जाल गरि झण्डै २५ सय भन्दा बढी महिलाहरु समुह समितिमा आबद्ध रहेका थिए ।

महिलाहरुले कुनै राम्रो काम योजना बनाए गाँउ घरका महिलाहरु दुख सुख तथा अन्यायमा परेको खण्डमा समेत महिला कार्यालयहरुमा आएर परामर्ष लिने गर्दथे बिदाई कार्यक्रममा भेटिएकी महिला बिकास अधिकृत लिला घलेले भन्नु भयो जिल्ला जिल्लामा महिला तथा बाल बालिका कार्यालय राखि राख्नु पर्ने हो तर राज्यले नै महिलाहरु लाई उपेक्षा गरेको देखीन्छ ।

कार्यलयका सबै भौतिक सामाग्रीहरु स्थानिय जयपृथ्बी नगरपालिकामा बुझाए पछि महिला तथा बालबालिका कार्यालयको अब जिल्लामा संयन्त्र रहेन ।

स्थानिय तहहरुमा महिला तथा बालबालिका बिकाश शाखामा एक जनामात्र कर्मचारी छ । त्यसले सिंगो गाँउ तथा नगरहरुमा कार्यहरु सम्पादन गर्न समेत निकै समस्या रहेको स्थानिय निकायका महिला बिकास शाखाका कर्मचारहिरुको भनाई छ ।
जिल्ला स्थित अन्य बिकासिय कार्यालयहरुको संरचना हट्दा खासै त्यती प्रतिक्रिया नआए पनि तर महिला तथा बालबालिका कार्यालय हट्दा भने महिलाहरु लाई धेरै दुख लागेको थियो । जिल्ला स्थित अन्य बिकासीय कार्यालयहरुको संरचना समेत हटेको छ । यसरी जिल्लामा कुनै पनि विकासिय कार्यालयहरु नरहने भएपछि जिल्लाको अवस्था बुझ्न र तथ्य तथ्याङ्क लिन समेत समस्या परेको जिल्ला समन्वय समितीका संयोजक खडक खड्काले बताउनु भयो । महिला विकास कार्यालय २०४३ सालमा स्थापना भएको थियो । कार्यालय नरहे पछि १० वर्ष देखी कार्यालयमा काम गर्ने दुई जना कार्यालय सहयोगीको जाँगिर पनि गएको छ ।

  • १२ भाद्र २०७५, मंगलवार ०६:०५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU