सँघिय तथा प्रदेश साँसदहरुको विषेश टोलिको पहिलो पटक कञ्चनपुरमा "जनजीवन प्रभावित कर्फ्यु जारी "
लिलि कुँवर भाद्र १० महेनद्रनगर । कञ्चनपुर जिल्लामा बलात्कार र हत्यामा सम्लग्नलाई पक्राउ गरि कारबाही गर्ने र मृतकका परिवारलाई राहत स्वरुप १०। १० लाख दिने सरकारले गरेको निर्णयपछि जनजीवन सामान्य हुने अपेक्षा गरिएपनि अँझै हुन सकेको छैन । सर्वपक्षिय बैठकले दोषीलाई पक्राउ गरेर कारबाही गर्ने लगायत ४ बुँदे सहमति भएपछि स्थानीय प्रशासनले कर्फ्यु जारी राख्दा जनजीवन असहज भएको कञ्चनपुर बासिले गुनासो गरेका छन ।

कञ्चनपुरमा सर्वपक्षिय बैठकपछि चार बुँदे सहमती भएपनि ३ दिन देखि स्थानीय प्रशासनले लगाएको कर्फ्यु नहट्दा कञ्चनपुर बासिको असहजता कायमै छ ।बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाका वास्तविक दोषीलाई पक्राउ नगरिएको भन्दै सुरु भएको आन्दोलनका क्रममा प्रहरीको गोलीबाट कञ्चनपुरमा एक जनाको ज्यान गएको थियो ।
आन्दोलनकारी र प्रहरी बिच पहिलो दिन भदौ १० गते १ जना प्रहरी हवल्दार सहित ३ जना प्रदर्शन गम्भीर घाइते भएका थिए । सर्वपक्षिय बैठकले प्रहरीको गोली लागि मारिएका शनि खुनालाई सहिद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गर्ने निर्णयपछि सरकार सकारात्मक देखिएको हो । निर्मलाकी आमा दुर्गादेवी पन्तले अवको छानबिन सुन्यबाट शुरु गर्न उच्चस्तरिय छानबिन समितिलाई आग्रह गरिन । महिला अधिकारकर्मी लक्ष्मी बोहराले पहिलाको जस्तो छानबिन नहोस भन्ने चिन्ता व्यक्त गरिन । स्थानीय प्रशासनले कर्फ्यु जारी राख्दा कञ्चनपुरको जनजीवन सहज हुन सकेको छैन । तर कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधीकारीले कुनै थप घटना नहोस भन्नका कर्फ्यु जारी राखेको बताएका छन ।
प्रधानमन्त्रीको विषेश टोलिको रूपमा पहिलो पटक आज माननीय लेखराज भट्ट‚ दिपक प्रकाश भट्ट र नरबहादुर धामी सहित प्रदेशका आन्तरिक मामिला मन्त्री प्रकाश बहादुर शाह र कंचनपुरका प्रदेश साँसदहरुको टोलीले निर्मला पन्तको परिवार र शन्नी खुनाको परिवारलाई भेटेको छ । टोलिले पिडित परिवारलाई भेटेर छानबीन समितिलाई सघाउन र धैर्य राख्न आग्रह गरेका छन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया