सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सर्वपक्षिय, सर्वदलिय बैठकपछि ४ बुँदे सहमति
"छानबिन शुरुबाटै हुने, निर्मलाले न्याय पाउन सक्ने "

लिलि कुँवर, महेन्द्रनगर ९ भाद्र ।

सत्ताधारी दलको काठमाण्डूमा भएको आकस्मिक सचिवालय बैठकको निर्णयपछि कञ्चनपुरमा बसेको सर्वपक्षिय बैठकले चार बुँदे सहमती गरेको छ । उक्त सहमतीसँगै दुई दिन देखि तनाव ग्रस्त रहेको महेन्द्रनगर शान्त हुने विश्वास गरिएको छ। निर्मला पन्लालाई बलात्कारपछि हत्या गरिएको घटनाका वास्तविक दोषीलाई पक्राउ नगरिएको भन्दै सुरु भएको आन्दोलनका क्रममा कञ्चनपुरमा एक जनाको ज्यान जानुका साथै तीन जना गम्भीर घाइते भएका थिए । ‚बैठकले हिजो प्रहरीको गोली लागि मारिएका शनि खुनालाई सहिद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गर्ने निर्णय गरेकाले कञ्चनपुरको अवस्था सहज हुने एकजना महिला अधिकारकर्मी शारदा चन्दले बनाइन् । बैठकले आन्दोलनका क्रममा क्षति पुर्‍याइएकाहरूलाई उचित क्षतिपूर्ति दिने र अंगभंग भएकाहरूलाई राहत उपलब्ध गराउने निर्णय गरेको बताइएको छ। बैठकको निर्णयलाई सकारात्मक रूपमा लिएको आन्दोलनरत संघर्ष समितिकी सँयोजक मिना भण्डारीले बताइन्।

सरकारी अधिकारीहरूले आजको बैठकपछि स्थिति सामान्य हुने र शान्ति सुरक्षाको अवस्था हेरी कर्फ्यु हटाइने जनाएका छन्। कञ्जनपुर घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरिय समितिका संयोजक हरीप्रसाद मैनालीले विश्वास गरेका छन । गोलि लागेर ज्यान गुमाएका शनि खुनाको परिवारलाई भेटेर भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले सम्वेदना ब्यक्त गर्नका साथै पिडित परिवारलाई भिमदत्त नगरपालिकाको तर्फबाट ३ लाख राहत उपलब्ध गराउने प्रतिद्दवता जनाएका छन ।

पिडित पक्षले अझैसम्म शव बुझेका छैनन, शव महाकाली अञ्चल अस्पतालमै छ भने बलात्कार पछि हत्या गरिएकी निर्मलाको वास्तविक हत्यारा पहिचानको माग गर्दै आन्दोलनले हिंसात्मक रुपलिएपछि शनिवार जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बसेको छ । सर्वपक्षिय र सर्व दलिय बैठकमा महिला अधिकारकर्मी, नागरिक समाज र राजनितिक दलहरुको सहभागीता रहेको  थियो । सो बैठकले निम्नाअनुसारका निर्णयहरु गरेको छ ।

१) शुक्रवार प्रहरी र आन्दोलनकारी बीच झडप हुदाँ गोली लागेर मृत्यु भएका शनि खुनालाई सहिद घोषण आग्रह गरेको छ । साथै मृतक परिवारलाई उचित राहत उपलब्ध गराउन ३ वटै सरकार (स्थानिय,प्रदेश,केन्द्र) आग्रह गरेको छ । आन्दोलनमा घाईते सम्पूर्णको  निःशुल्क उपचार गर्नुपर्ने माग  गरेका छन् ।

२) आन्दोलनका क्रममा सार्वजनिक,ब्यक्तिगत क्षति,तोडफोड,आगजानी, आन्दोलन को नियन्त्रण गर्न गोली चलाईएको विषयका सम्बन्धमा निष्पक्ष छानबिनका लागी समिति गठन गर्न गृहमन्त्रालयसमक्ष अनुरोध गर्ने ।

३) झडपका क्रममा घाईते भएका सम्पूर्णको उपचार पछि पनि जो जिवननिर्वाह अप्ठेरो पर्ने गरि शारिरिक रुपमा अशक्त को राज्यले ब्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

४) दुःखद घटना फेरि दोहरिन नदिन घटनाको निष्पक्ष छानबिन तथा शान्ति सुःब्यवस्था बनाईराख्न नागरिक समाज,अधिकारकर्मी,राजनितिक दल, उद्योगीलगायत सबै पक्षबाट आवश्यक सहयोग गरि वातावरण सहज बनाउने । साथै बिरोध कार्यक्रम आजैबाट बन्द गर्न अपिल गरेका छन् ।

  • ९ भाद्र २०७५, शनिबार १४:४० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU