सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

शान्ति तर्फ उन्मूख कञ्चनपुर फेरी तनावग्रस्त‚ एकजनाको ज्यान गयो
"साँझ ८ बजे देखि फेरी कर्फ्यु "

लिलि कुँवर महेन्द्रनगर ८ भाद्र । कञ्चनपुर जिल्ला उच्चस्तरिय छानबिन समितिले काम शुरु गरेपछि बिस्तारै शान्त हुँदै जाने अपेक्षा गरेपनि आज साँग ६ बजेतिर प्रदर्शनकारी र प्रहरी बिचको झडपमा १ जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन । जिल्ला स्थित प्रहरी प्रशासन प्रमुखहरुलाई फर्ता बोलाईनु र उच्च स्तरिय छानबिन समितिले छानबिन समेत शुरु गरिरहँदा भएको यो पछिल्लो घट्नाले कञ्चनपुर बासिलाई चिन्तित बनाएको छ ।

कञ्चनपुरकी १३ वर्षिय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई सहि रुपले प्रहरीले अनुसन्धान नगरेको निर्मला पन्तका परिवार र महिला अधिकारकर्मीहरुले आवाज उठाउदै आएका थिए । निर्मला पन्तका परिवारजनले सँकेत गरेको ठाउँमा समेत प्रहरीले बेवास्ता गरेको आरोप लगाई रहँदा निर्दोष व्यक्तिलाई अभियुक्त भनेर सार्वजनिक गरिएपछि प्रदर्शनले हिन्सात्मक रुप लिएको थियो । कञ्चनपुरका प्रहरी प्रमुख डिल्लीराज बिष्ट‚ प्रमुख  जिल्ला अधिकारी कुमारबहादुर खड्का र डिएसपी ज्ञानबहादुर सेठी सहित तिनै जनालाई गृह मन्त्रालयले हिजै फिर्ता बोलाएको छ । निर्मलाकी दिदी मनिषा पन्तलाई लाग्छ‚ घटनाको सत्य तत्थ्य अनुसन्धानले निर्मलाको शान्ति पाउने छ ।

कञ्चनपुर नागरिक सँघर्ष समितिका सँयोजक मिना भण्डारीले उच्चस्तरिय छानबिन समितिले काम शुरु गरेपछि महेन्द्रनगर आज शान्त हुने अपेक्षा गरेपनि साँझ ६ बजे भएको घटनाले कञ्चनपुरबासिलाई फेरी चिन्तित बनाएको बताईन । महिला अधिकारकर्मी भगवति थापाको ठहर छ‚ उच्चस्तरिय छानबिन समितिले छानबिन गरिरहँदा प्रहरी प्रशासनले सम्वेदनशिल हुनु पर्नेमा‚ सिधै गोली चलाउनु हुदैन थियो । महेन्द्रनगर पुगे लगत्तै आफ्नो काम शुरु गरेका उच्चस्तरिय छानबिन समितिका सँयोजक हरी मैनालीले सम्पुर्ण कञ्चनपुर बासिलाई आन्दोलन रोकेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरे ।

प्रहरी उपरीक्षक कुबेर कडायातले आज साँझ ६ बजेतिर ट्राफिक पोष्ट‚ प्रहरी गाडीमा अागजानी‚ नगरप्रमुखको घरमा ढुँगामुडा गरेपछि जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्न खोजेपछि भएको झडपमा प्रहरीको लागेर भारतपुर २४ वर्षिय सनि खुनाको ज्यान भएको प्रहरीले जनाएको छ । अन्य ३ जना प्रदर्शनकारी गम्भिर रुपमा घाईते भएको पनि बताईएको छ । स्थानीय प्रशासनले पछिल्लो घट्ना क्रमलाई लिएर महेन्द्रनगर बजार र आसपासको क्षेत्रमा साँझ ८ बजे देखि कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्युका कारण पत्रपत्रिकाको काम पनि हुन नसक्ने अवस्था श्रृजना भएको छ ।

  • ८ भाद्र २०७५, शुक्रबार १५:०२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU