सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

दार्चुलाका सांसद तथा उपसभामुखद्धारा प्रधानमन्त्रीलाई ज्ञापन
"गोकुलेश्वर एयरपोर्ट सञ्चालन र दार्चुला तिंकर सडक सेनालाई दिन माग "

मन्जु कल्याल, दार्चुल्ला । नेपाल कम्युनिष्ट पार्टी नेकपा दार्चुला उपसभामुख तथा सांसदहरुको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रदेशसभा सदस्यद्ध, सुदूरपश्चिम प्रदेशका उपसभामुख लगायतका टोलीले बुधबार प्रधानमन्त्रीलाई भेटि ज्ञापन पत्र बुझाएका छन् ।
प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्ना, सुदूरपश्चिम प्रदेश उप–सभामुख निर्मला जोशी, प्रदेशसभा सदस्यद्धय मानबहादुर धामी, गेल्बुसिँह बोहरा लगायतको टोलीले जिल्लाका महत्वपूर्ण क्षेत्रहरुको उठान गरि ज्ञापन पत्र बुझाएका छन् ।

सांसद तथा उपभामुखको टोलीले दार्चुला जिल्लाको महाकाली कोरिडोर अन्तरगत रहेको दार्चुला तिंकर सडक निर्माणको जिम्मेवारी नेपाली दिन माग गरिएको छ । उत्तरी छिमेकी राष्ट चीनसंगको नाका ताक्लाकोट तथा कैलाश मानसरोबार जोड्ने सुदूरपश्चिम प्रदेशको प्रमुख मार्ग भएकाले उक्त सडक निर्माणका लागि नेपाली सेनालाई दिन ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

नेपाल सरकारबाट पारवहन प्रोटोकल अन्तरगत प्रस्तावित दार्चुला तिंकर सडक अहिले नेपाल सरकारले विभागद्धारा निर्माण गरिरहेकोमा आगामी आर्थिक वर्षबाट सडक नेपाली सेना मार्फत सञ्चालनका लागि निर्णय गराईदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । ८–१० वर्षदेखि निर्माण थालिएको दार्चुला तिंकर सडक हालसम्म आइपुग्दा सोचे जस्तो प्रगति नभएकाले सडक निर्माणको कार्य नेपाली सेनालाई दिन प्रधानमन्त्रीलाई आग्रह गरेको प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्नाले बताउनु भयो । यस्तै उक्त सडक निर्माणका लागि विष्फोटक पदार्थ तथा ठेकेदारहरुको लापरबाही र ढिलासुस्तीले सडक निर्माणको कार्यमा ढिलाई भएको छ । यसरी महत्वपूर्ण योजनामा ढिलाई हुदाँ समृद्धिको यात्रामा असहज भएकाले उक्त सडक निर्माणमा गति दिन नेपाली सेनाको जिम्मा दिन माग गरिएको प्रतिनिधिसभा सांसद ठगुन्नाको भनाई छ ।

नेपाली सेनाले जिम्मा लिइका अहिलेसम्म विभिन्न विकास निर्माणका योजनाहरु सन्तोषजनक भएकाले दार्चुला तिंकर सडक निर्माणका लागि सेनालाई दिनुपर्ने निष्कर्षमा आफूहरु पुगेको सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशीले बताए । महत्वपूर्ण तीर्थ स्थल कैलाश मानसरोवर जाने महत्वपूर्ण मार्ग भएकाले उक्त मार्ग यथाशिघ्र चाँडो सम्पन्न गर्न सके दार्चुला तथा सिंगो सु्दूरपश्चिम प्रदेशको समृद्धिमा टेवा पुग्ने भएकलो सडक निर्माणमा गति दिन आबश्यक रहेको उपसभामुख जोशीको भनाई छ ।

उक्त टोलीले दार्चुला जिल्लाको एक मात्रै विमान स्थल गोकुलेश्वर विमान स्थल सञ्चालनका लागि आबश्यक बजेट व्यवस्थापनका लागि समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । दुई दशकदेखि बन्द गोकुलेश्वर विमान स्थल सञ्चालनका लागि आबश्यक बजेट व्यवस्थापन गर्न माग गरिएको प्रदेश सांसद मानबहादुर धामीले बताउनु भयो । गोकुलेश्वर विमान स्थलले तीन जिल्लाका स्थानीयहरु लाभान्वित हुने भएकाले विमानस्थल सञ्चालन हुनु अति आबश्यक रहेको प्रदेश सांसद धामीको भनाई छ ।

गोकुलेश्वर विमान स्थल सञ्चालन भए दार्चुला मात्र नभई बैतडी, बझाङका स्थानीयहरुलाई समेत उत्तिक्कै सहज हुने देखिएको छ । सुदूरपश्चिम प्रदेशको त्रीदेशीय सीमा क्षेत्र रहेको दार्चुला जिल्लाको गोकुलेश्वर विमान स्थल सञ्चालन गर्न सके जिल्लाको समृद्धिमा धेरै पर्खिनु नपर्ने भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको प्रदेश सांसद गेल्बुसिँह बोहराले बताउनु भयो ।

  • १४ चैत्र २०७५, बिहीबार १४:२१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU