सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गौमुल गाउँपालिकाको घट्मुनामा जनस्वास्थ्य शिविर, पहिलो दिन ५ सय जनाले सेवा लिए
"उपचार पाउँदा स्थानीय हर्षित "

रमित बि.क., बाजुरा ।  गौमुल गाउँपालिका घट्मुनामा बुधबार बृहत एकिकृत घुम्ति शिविर सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग र गौमुल गाउँपालिका नेपालगञ्ज मेडिकल कलेजको आयोजनामा आजबाट २ दिने शिविर सुरु भएको हो ।
शिविरमा उपचारात्मक र प्रवद्र्धनात्मक सेवाहरुमा,भिडियो एक्सरे सेवा आयुर्वेद,दाँत रोग,आँखा,कान र नाक,स्त्री रोग सम्बन्धि चेकजाँच,मनोविज्ञान सम्बन्धि चेकजाँच र विभिन्न नसा तथा अन्य सेवा तथा चेकजाँच सेवा दिईने गौमुल गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले बताए ।
कार्यक्रमको संबोधन गदैँ उनले जनताको सेवामा नै आफुहरुले जीवन समपर्ण गरेको बताउँदै कुनै निसंकोच नमानी लाज नमानेर आफुमा भएका स्वास्थ्य समस्या स्वास्थ्यकर्मीहरु संग समस्या राख्न आग्रह गरे । आफुहरुले गाउँपालिका भरिका जनता स्वस्थ्य बन्नका लागि बिभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको बताउदैँ आफुमा भएका समस्या प्रष्ट भन्न अनुरोध गरे ।


जनस्वास्थ प्रमुख स्वास्थ्य निर्देशनालय डोटीका झनकराज ढुंगानाले आफुहरुले सके जति स्वास्थय सेवा र सन्देश दिन जमर्को गरेको बताए । आफुहरु बिरामीलाई औषधि दिने निको पार्ने मात्र नभई कसरी बिरामी नहुने र स्वस्थ्य रहने उद्देश्य पनि रहेको बताए ।
जनस्वास्थ प्रमुख स्वास्थ्य निर्देशनालय डोटीका झनकराज ढुंगानाको संयोजकत्वमा लगायत नेपालगञ्ज मेडिकल कलेजका डाक्टरहरुको टोली उपचारमा खटिएको रहेको छ । टोलीमा नेपालगञ्ज मेडिकल कलेजका राम बहादुर मल्ल लगायत २७ जना डाक्टरहरुको टिम सहभागि रहेको छ ।
पहिलो दिन ५ सय जनाले सेवा लिए
गौमुल गाउँपालिकाको घट्मुनामा सञ्चालन भएको बृहत एकिकृत घुम्ति शिविरमा आज पहिलो दिन ५ सय जनाले स्वास्थ्य चेकजाँच तथा उपचार सेवा लिएका छन् ।
बुधबार पहिलो दिन मात्र २ सय ८२ जना महिला २ सय १८ जना पुरुष गरी ५ सय जनाले सेवा लिएका छन् ।

जमा भिआईए चेकजाँच २७ जना,भिडियो एक्सरे गर्भवतीहरु २७ जना,१ जना परिवार नियोजन ईम्पलान्ट,२ जना रगत परिक्षण,२ जना खकार परिक्षण गरेका छन् । तालिम आज र भोली गरी २ दिन सम्म सञ्चालन हुने भएको छ ।

  • १४ चैत्र २०७५, बिहीबार ०२:३८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU