मुद्धा फिर्ता गर्न नेविसंघको माग
चैत्र १३ गते डोटी । नेपाल विद्यार्थी संघ डोटीले भ्रष्टचार विरुद्धको अभियानका क्रममा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख अनन्त कुमार पौड्याले माथि घटेको घटनाको नैतिक जिम्मेवारी लिदै आफ्ना विद्यार्थी नेता माथि लगाएको मुद्दा तत्काल फिर्ता गर्न माग गर्दै मंगलवार एक प्रेश बिज्ञप्ति जारी गरेको छ ।
यही चैत्र १० गते डोटी शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख अनन्त कुमार पौड्याललाई अनियमितताको आरोप लगाउँदै नेविसंघ डोटीका विद्यार्थी नेताहरुले कार्यकक्षमै गई कालो मोसो दलेका थिए ।
नेपाल प्रहरीले घटनामा संलग्न भन्दै नेविसंघका चार जना विद्यार्थी माथि सार्वजनिक मुद्धा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडी बढाएको विषयलाई लिई नेविसंघ डोटीका अध्यक्ष गणेश ब.खड्का द्धारा हस्ताक्षर बिज्ञप्तिमा मुद्दा फिर्ता गर्न माग गरीएको छ ।
अनियमितता भईरहेको वारेमा पटक पटक प्रमुख जिल्ला अधिकारी र शिक्षा विकास तथा समन्वय ईकाई प्रमुखलाई जानकारी गराउदा समेत कुनै सुनुवाई नभएकाले अप्रिय कदम उठान वाध्य भएको बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
विद्यार्थि नेतामाथी लगाईएको मुद्धा तुरुन्त फिर्ता गर्न हामी जोडदार माग गर्दछौं ,यदी मुद्धा फिर्ता नलिएमा त्यसपछी उत्पन्न हुने परिणामको जिम्मेवारी सरोकारवाला निकाय स्वयम्ले लिनुपर्ने विज्ञप्तिमा भनिएको छ ।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया