गौमुल गाउँपालिकामा एकिकृत घुम्ति शिविर सुरु,गाउँमै सेवा पाउँदा स्थानीय खुसी
रमित बि.क.बाजुरा १२ चैत । गौमुल गाउँपालिकाको घट्मुनामा एकिकृत घुम्ति शिविर सुरु भएको छ ।

गौमुल गाउँपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा शिविरको आयोजना गरिएको हो । सुरु भएको एकिकृत घुम्ती शिविरमा नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्नुका साथै अन्य सेवाहरु पनि उपलब्ध गरिएको गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बताउनुभएको छ ।
शिविरमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता स्वास्थ्य उपचार तथा चेकजाँच,पशु सेवा, कृर्षि सेवा लगायतका सेवाहरु प्रदान गरिएको उपाध्यक्ष सिता थापाले बताउनुभएको छ ।
जनताको घर दैलोमा सरकारको उपस्थिति गराई जनतालाई सर्वसुलभ र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको अध्यक्ष हरी बहादुर रोकायाले बताउनुभएको छ । चैत ११,१२ र १३ गतेका लागी आयोजना गरिएको शिविरमा ठुलो परिणाममा सेवाग्राहीहरुले सेवा लिने प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताउनुभएको छ । उहाँले ‘ग्रामिण क्षेत्रमा सेवा शिविर सञ्चालन गर्दा सेवा ग्राहीहरुलाई प्रत्यक्ष रुपमा लाभ प्राप्त हुने बताउनुभएको छ ।
‘जिल्ला प्रशासन कार्यालय बाजुराको रेकर्ड अनुसार पछिल्लो समयमा ग्रामीण भेगमा सञ्चालन गरिएका शिविरहरु बाट धेरै सर्वसाधारणलाई राहात पुग्ने गरेको समेत उहाँले बताउनुभएको छ । प्रमुख जिल्ला अधिकार चेतराव बरालको अधयक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अथिति सांसद लाल बहादुर थापा रहनुभएको थियो ।
कार्यक्रममा गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकाया,उपाध्यक्ष सिता थापा, बिशिष्ट अथिति रहनुभएको थियो । कार्यक्रममा नेकपा बाजुराका प्रस्तावित जिल्ला अध्यक्ष भरत थापा,प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाट,उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकाया अथिति रहनुभएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ल लगायत वडा अध्यक्ष सदस्यहरुको सहभागिता रहेको थियो । डोटी । डोटीको सायल गाउँपालिकामा संचालन गरिएको एकिकृत घुम्ती सेवा शिविरमा ६ सय ४९ जनाले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् । गाउँपालिकामै नागरिकता पाएपछि स्थानीय खुसी भएका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया