बाजुराका ८१ बर्षिया बृद्धले लिए नागरिकता "नागरिकता पाउँदा निकै खुसी "
"नागरिकता पाउँदा निकै खुसी "

रमित बि.क., बाजुरा । गौमुल गाउापालिका–३ गर्जेका ८१ बर्षिया बृद्ध बुदे बोहराले सोमबार नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजना र गौमुल गाउापालिकाको सहकार्यमा सञ्चालन गरिएको एकिकृत घुम्ति शिविरमा आज गाउँपालिकाका कार्यालय घट्मुना बोहराले नागरिकता पाएका हुन् ।
नागरिकता माननीय सांसद लाल बहादुर थापाले बृद्ध बोहरालाई हस्तान्तराण गरेका थिए । नागरिकता पाउँदा आफु निकै खुसी भएको बृद्ध बुदे बोहराले बताए ।
नागरिकता नभए यो देशको नागरिक नमान्ने रहेछन् बृद्ध बोहराले भने पहिला भारत गए नागरिकता बनाउँन पाईएन । पोहोर साल नागरिकता लिन गएको तर नपाएको अहिले गौमुल गाउँपालिका आउँदा पाएको उनले बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया