सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ को आय–व्यय सार्वजनिक
"कलाकार पारीश्रमिक खर्च १३ लाख ५ हजार ५० रुपैया "


प्रकाश बम, डोटी ।  डोटी उद्योग वाणिज्य संघले दिपायलमा आयोजना गरेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ को आयव्यय सार्वजनिक गरेको छ । उद्योग वाणिज्य संघ डोटीले सोमवार दिपायलमा पत्रकार सम्मेलन गर्दै महोत्सवबाट ४० लाख ८३ हजार आम्दानी देखिए पनि सबै कटाएर १० हजार २ सय ६२ रुपैयाँ बचत भएको जानकारी दिएको छ ।
जसमा टिकट, सिजनल पास बिक्रीबाट १६ लाख ५० हजार ५ सय, स्टल भाडा १ लाख ३२ हजार ५ सय ,के.आई. सिँ गाउँ पालिकाबाट २ लाख, सायल गाउपालिबाट ५० हजार, आर्दश गाउपालिका बाट ३० हजार, शिखर नगर पालिकाबाट १ लाख जम्मा भएको र प्रस्तावित भुक्तानि १९ लाख २० हजार रुपैयाँ संकलन हुन वाँकि भएको जनाएको छ । यस्तै, व्ययतर्फ जम्मा ४० लाख ७२ हजार ७ सय अठतिस रुपैया खर्च भएको जनाएको छ ।

जसमा रयाफ्टिङ खर्च १ लाख २० हजार ५ सय, कलाकार पारीश्रमिक खर्च १३ लाख ५ हजार ५० रुपैया, अतिथि सत्कार ४ लाख २० हजार ५ सय ४५ रुपैया, सुरक्षा(प्रहरी, जिफोस) २लाख ५३ हजार २ सय ४० रुपैया, फुलमाला २ हजार, साउण्ड सिस्टममा १ लाख ९३ हजार ५ सय र गाडीभाडा(वैठक,प्रचार प्रसार ,कलाकार) २ लाख ९१ ह्जार ५ सयरुपैया खर्च भएको प्रस्तुत विवरणमा जानकारी दिएको छ । यस्तै, वाध्यवादककमा १ लाख ३४ हजार६ सय , कृर्षि प्रर्दसनि २८ हजार, सहयोगि कर्मचारी ज्याला ७४ हजार २ सय, निगाला ढुवानिका साथै पर्दशनि १० हजार खर्च भएको आयोजकले जनाएको छ ।

त्यसैगरी, मायाको चिनो ,प्रमाण पत्र फ्रेम, कदर पत्र, टिकट,परिचय पत्र ५ लाख १३ हजार ९ सय, मिडियामा बिज्ञापनमा ६९ हजार, इन्धन खर्च १ लख २४ हजार ५ सय, जग्गा भाडा तथा घेरवार १ ला १२ हजार,विमा १४ हजार ८ सय ३९ रुपैया,टिकट बिक्रि गरेवाफत कमिसन १ लाख ४४ हजार ४५ रुपैया, स्वयम सेवक ८ हजार , गेट तथा मञ्च निर्माण २२ हजार२ सय ३५ रुपैया,पर्यटन विकासका लागि २८ हजार ७ सय १० रुपैया , पानि खर्च ८ हजार १ सय ६० र विविध खर्चमा ६२ हजार २ सय १४ खर्च भएको डोटी उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिर्घ साउदले बताए ।

महोत्सवलाई सफल पार्न सहयोग गर्ने सम्पुर्णलाइ डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कलेलले धन्यवाद दिनु भयो । आगामि दिनमा डोटी उद्योग वाणिज्य संघले के कस्ता कार्यक्रम गरीरहेको छ भन्ने वारेमा जानकारी दिन बार्षिक क्यालेण्ड निकाली रहेको उनले बताए ।  डोटी उद्योग वाणिज्य संघले अर्को महोत्सव २०७६ साल फागुन ८ गते देखि १८ गतेसम्म लगाउने संस्थाका महासचिव दिपक बहादुर खड्काले बताए । पत्रकार सम्मेलनमा डोटी उद्योग वाणिज्य संघल निर्वतमान अध्यक्ष नरेन्द्र खड्का, नेपाल पत्रकार महासंघका सुदुर पश्चिम प्रदेश सदस्य रामहरी आझा, जिल्ला सचिव गणेश मौनिले मन्तव्य राखेका थिए ।

  • ११ चैत्र २०७५, सोमबार १३:०६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU