सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नेविसंघ डोटीले कार्यकक्षमै शिक्षा विकास तथा इकाई प्रमुखलाई कालो मसो दल्यो

प्रकाश बम,चैत्र १० डोटी । नेपाल विद्यार्थी संघ डोटीले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्तकुमार पौड्याललाई कार्यकक्षमा कालो मसो दलेका छन् ।


  1. आईतवार दिउँसो शिक्षा विकास तथा समन्वय इकाई प्रमुखकको कार्यकक्षमा गएर पौड्याललाई कालो–मोसो दलेको नेपाल बिद्यार्थि संघका पुर्व आमन्त्रित केन्द्रिय सदस्य बिजय ओझाले बताए ।
    शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पौड्यालले जिल्लामा अनियमिता,भ्रष्टाचार र कानुन विपरीत काम गरी रहेका वारेमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुदेदिलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै घटनाबारे यथाशिघ्र छाविन गरी दोषीलाई हदैसम्मको कार्यवाहीको माग नेविसंघले ९ वुदे विज्ञप्ति समेत जारी गरेको छ ।
    नेविसंघका केन्द्र तथा जिल्ला नेताद्धारा जारी गरेको विज्ञप्तीमा विद्यायालय भवन निर्माण,मर्मत र शौचालय निर्माणका योजनाहरुमा आफन्तको माध्यमवाट १० प्रतिशत भन्दा बढी रकम कमिशन अग्रिम असुल गरी मात्र वितरण गर्ने गरेको, कमिसन नआउने योजनाहरु काम सम्पन्न हुँदा पनि समेत मुल्याँकन नगरेको,बि.व्य.स.को अधिकारभित्र रहेका करार शिक्षक नियुक्ति, अस्थायी÷करार शिक्षकको म्याद थप आफ्नै कार्यलयमा संञ्चालन हुने गरी कार्यविधि तयार गरेको, करार शिक्षक नियुक्ति गर्दा ४ महिनाको तलव सम्म लिने गरेको, प्रश्न पत्र आउट गर्ने गरेको,अस्थायि करार शिक्षकको म्याद थप गर्दा उठाएको पैसा राजश्वमा जम्मा नगरी अनावश्यक खर्च गरेर पारदर्शि नगरेको, बढुवा हुने शिक्षकको संख्या लुकाएको र शिक्षक महासंघले आवाव उठाए पछि मात्र सार्वजनिक गरेको,यस बर्षको माध्यमिक शिक्षा परीक्षा(एसइइ) केन्द्राध्यक्ष छान्दा योग्यता÷क्षमताको कुनै वास्ता नगरी राजनिति कोटाका आधरमा गरेको, कमिसन नपाए करार शिक्षकको महिनौ दिन लिखित परिक्षाको रिजेल्ट प्रकाशन नगरेको,कमिसनको रकम उठाउनका लागि कृषि विकास वैङ्क घट्टाघर भक्तपुरको शाखामा रहेको चन्द्रमाया कोइरालाको नाममा रहेको खाता नम्वर ०२–१२३–००७५५–१८६–०१९ र राष्ट्रिय वाणिज्य वैङ्क वानेश्वरमा शाखामा रहेको अरुण पौडेलको नाममा रहेको १४२००७०१५१० खाता नम्बरहरु बिद्ययालयका प्रधानाध्यापकहरुलाई वाडेको,विदाको दिनमा सरकारी गाडीको दुरुपयोग गरेको बिज्ञप्तीमा भनिएको छ ।
    यसविषयमा जिल्ला शिक्षा समन्वय विकास अधिकारी पौडेलसंग कुरा गर्न खोज्दा अहिले आफु तनावमा रहेको भन्दै पछि कुरा गर्ने बताए ।
    प्रमूख जिल्ला अधिकारी यादब सुवेदीले भ्रष्टाचारजन्य गतिबिधिमा संलग्न कर्मचारीलाई कारबाहीका लागि कानुनी प्राबधान हुँदाहुदै कार्यकक्षमै गएर यस्तो दुब्र्यबहार गर्नु निन्दनीय रहेको बताए ।

साथै यसमा संलग्न ब्यक्तीहरुलाई कानुनमा भएको व्यबस्था अनुसार कारबाही गरिने पनि उनले बताए ।
जिल्ला शिक्षा समन्वय बिकास अधिकारी पौडेलबिरुद्ध पनि कानुनीबाटोबाट प्रमाण सहित उजुरी आए छानविन र कारबाही गरिने उनले बताए ।

  • १० चैत्र २०७५, आईतवार ११:०८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU