सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

डोटीमा एसइई परीक्षाको तयारी पूरा, केन्द्राध्यक्षमा तिन महिला


प्रकाश बम,डोटी ।   चैत १० बाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा डोटीमा तिन महिला केन्द्राध्यक्षमा तोकिनुभएको छ । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्त कुमार पौड्यालले अनुसार पदम पव्लीक मुक्ति नारायण मावि सिलगढीमा गिता जोशि, राधा कृष्ण मावि गोपघाटमा हरि प्रिया शाहि र रामपुर मावि वुडरमा शुभ लक्ष्मि थापालाई तोकिएको छ । जिल्ला विकास तथा समन्वय इकाइ प्रमुख पौड्यालका अनुसार १२ वटा परिक्षा केन्द्रमा तिन महिला र ९ पुरुष केन्दाध्यक्ष तोकिएको उनले बताए ।

एसइई परीक्षाको तयारी पूरा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अनन्तकुमार पौड्यालले बताए ।


यस बर्षको माध्यमिक शिक्षा परीक्षामा डोटीबाट २ हजार ५२ जना परीक्षार्थी सहभागी हुँदैछन् । १ हजार ४५७ छात्रा र १ हजार ३९५छात्र रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पौड्यालले बताए । बर्छेन मा.वि.केन्द्रमा १४९ , दुर्गामावि लमौते केन्द्रमा ११५ जना, रामपुर मावि बुडर केन्द्रमा (१२४), खत्याडी मावि खत्याडी केन्द्रमा २०२ जना, झिमेमालिका मावि वायल केन्द्रमा २०६ जना, सरस्वति मावि सानागाउँ केन्द्रमा २१३ जना, राधा कृष्ण मावि गोपघाट केन्द्रमा ३८५ जना, सुजङ इ.वो.स्कुल राजपुर केन्द्रमा ४०६ जना, दिल्पेश्वर मावि दिपायल केन्द्रमा ३२१ जना, शारदा मावि मौवा केन्द्रमा ३१३ जना र प.प.मु.ना.मावि सिलगढी केन्द्रमा ४१ जना गरी ११ वटा स्थानका माध्यमिक विद्यालयहरु नियमित तर्फका परीक्षा केन्द्रहरु तोकिएका छन् । उक्त केन्द्रहरुमध्ये प.प.मु.ना.मावि सिलगढी सबैभन्दा बढी परीक्षार्थी संख्या भएको केन्द्र रहेको छ भने दुर्गा मावि लमौते सबैभन्दा कम परीक्षाथी भएको केन्द्र हो ।


सिलगढीमा रहेको पवित्रा इङ्गलिस बोर्डिङ स्कूलमा शैक्षिक सत्र २०७३ सहित र सोभन्दा अगाडिका ३५ जनाको ग्रेड वृद्धिका लागि परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई डोटीले जनाएको छ । शैक्षिक सत्र २०७४ का ६० जनाको ग्रेड वृद्धि परीक्षा भने सम्बन्धित परीक्षा केन्द्रमै हुने जनाएको छ ।
परीक्षा केन्द्रका लागि आवश्यक सामग्री तथा जनशक्तिको व्यवस्थापन भएको छ । केन्द्राध्यक्षहरुलाई राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण (कक्षा १०) बाट प्रकाशित निर्देशन पुस्तिका २०७५ को प्रबोधीकरण तथा परीक्षा समन्वय समितिको निर्देशनसहित अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।

परीक्षालाई अनुशासित, मर्यादित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्नका लागि परीक्षा समन्वय समितिको बैठकले आवश्यक निर्णयहरु गरेको समेत शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पौड्यालले बताउनु भयो । स्थानीय तहअन्तर्गत रहेका परीक्षा केन्द्रहरुमा सम्बन्धित शिक्षा इकाइहरुबाट समेत निरन्तर रुपमा अनुगमन हुनका लागि गाउँ र नगरपालिकाहरुमा अनुरोध गरिएको उहाँले बताउनु भयो । बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ

  • ९ चैत्र २०७५, शनिबार ११:२२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU