कञ्चनपुरमा न्याय माग्दा गोली चल्यो, सुरक्षा प्रमुखहरुको सरुवा "सहसचिव हरी मैनालीको नेतृत्वमा विषेश समिति गठन "
लिलि कुँवर भाद्र ७ कञ्बचनपुर । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुर की निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन भनी गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरि आन्दोलनमा झडप हुदाँ प्रहरीद्धारा कंचनपुरको ट्राफिक चोकमा, दर्जनौ अश्रुग्याँस साथै गोलि प्रहार भएको छ ।

गोलि प्रहारबाट मर्निङ्ग ग्लोरी स्कुलका पूर्व विद्यार्थी अर्जुन भण्डारा,लगायत १० जना घाईते भएका छन् । घाईतेहरुलाई महाकाली अञ्चल अस्पताल लगिएको छ भने सो मध्ये एक जना को अवस्था चिन्ताजनक रहेको छ । गोली प्रहारपछि आन्दोलनकारीहरुले जिल्ला प्रशासन घेराउ गरि प्रदर्शन समेत गरेका छन । कंचनपुर आज पनि बिहानै देखि आन्दोलनमय भएको छ । महेन्द्रनगर बजार क्षेत्रमा केन्द्रित आन्दोलन विहिबार विहान देखि जिल्लाका अन्य क्षेत्र बेदकोट नगरपालिका, सुडा, लालपुर झलारी, दैजी र कृष्णपुर क्षेत्रमा पनि प्रदर्शन भएको छ । बिहिबार कञ्चनपुर जिल्ला पुर्ण बन्द भएको थियो भने लामो तथा छोटो दुरीका यातायात पनि ठप्प गराएका छन् । ठाउँ ठाउँमा टायर बाली बिहानै देखि प्रदर्शन गरिरहेका छन । स्कुलहरु पनि बन्द छन् ।
आन्दोलनकारीको भिड बढ्दै गई रहेको अवस्थामा वास्तविक तथ्य छानविन गरि यर्थात कुरा बाहिर ल्याउनुको सट्टा चोक चोकमा गरिएको शान्तिपुर्ण आन्दोलनलाई प्रहरीद्धारा दमन गर्ने काम भैरहेको उनीहरुले आरोप लगाएका छन । बलात्कारपछि हत्या गरिएकी निर्मलाको वास्तविक हत्यारालाई पक्राउ गर्न र दोषीलाई बचाउन खोज्ने हरेक ब्यक्तिलाई समेत हदैसम्मको कारवाहिको माग गरेका छन । बेदकोट वासीले समेत कामधन्दा छोडी बिहानै देखि सुडा चोकमा प्रदर्शन गरेका छन् । आन्दोलनकारीहरुले प्रहरी प्रमुख डिल्लिराज बिष्टको पुतलाबनाई कंचनपुरको भाषीदेखि शवयात्रा निकालेका छन् । निर्मला पन्तको हत्या भएको २९ दिन बितिसक्दा पनि वास्तविक हत्याराको पहिचान गरि सार्वजनिक नगरेकोले कंचनपुरका जनताको माग अनुरुप निर्मलाको अपराधिको थप अनुसन्धान गर्न दिपायलमा रहेका एसएसपी बिक्रम चन्दलाई बुधवार नै डीआईजी सुरज केसीले कच्चनपुरको कमाण्ड सम्हाल्न निर्देशन दिएपछि आज विहिबार ३ बजे महेन्द्रनगर पुगेलगत्तै घट्नाको अनुसन्धान भईरहेको छ । आन्दोलनले उग्र रुपलिएको हुदाँ कैलालीबाट थप सुरक्षाकर्मी कंचनपुर बोलाईएको बताईएको छ। शान्ति सुरक्षा कायम गर्न र थप अवस्था बिग्रन नदिन स्थानीय प्रशासनले साँझ ५ बजे देखि विहान ५ बजेसम्म महेन्द्रनगर बजार र आसपासको क्षेत्रमा कर्फ्यु अदेश जारी गरेको छ । कञ्चनपुरको घटनालाई लिएर सरकारले सहसचिव हरी मैनालीको सँयोजकत्वमा ५ सदस्यीय उच्च स्तरिय छानबिन समिति गठन गरेको छ । प्रहरी प्रमुख डिल्लीराज बिष्ट‚ प्रमुख जिल्ला अधिकारी र डिएसपी सहित तिनै जनालाई सरुवा गरेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया