नागरिकहरुका समस्या प्रति स्थानिय सरकार बेखबर
मसुरिया ७ भाद्र ।नागरिकहरुका समस्या प्रति स्थानिय सरकार जिम्मेवार नभएको स्थानियले गुनासो गरेका छन् ।
बिहिबार गौरीगंगा नगरपालिका वडा नम्बर ९ मा रहेको स्थानिय सभामा भएको कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
समाजमा रहेका समस्याहरु आम नागरिकहरुसंग जोडिएका बिषयहरुलाई स्थानिय सरकारले चासो नदिने गरेको गौरीगंगा नगरपालिका वडा नम्बर ९ का स्थानिय पवन कुमार बोगटीले बताए ।
उनले आफ्नो व्यक्तिगत फाईदाका लागि भन्दा पनि गौरीगंगा नगरपालिकाका समस्याहरुलाई समाधान गर्नका लागि आवाज उठाउने गरेको भन्दै वडा स्तरमा देखिएका समस्याहरुलाई नगरपालिकाले नसमेटेको दुखेसो गरे । उनले भने नगरको बिकास हुनु नै हामी सबैको लागि राम्रो हो तर नगरले भने नागरिकको भावनालाई नबुझेर काम गर्ने गरेको उल्लेख गरे । 
त्यस्तै स्थानिय सभाका संयोजक लिलाधर न्यू्रेले पनि गौरीगंगा नगरपालिकामा शिक्षा,स्वास्थ्य,कृषि लगाएत अन्य क्षेत्रमा थुप्रै समस्या रहेको उल्लेख गर्दै यसलाई समाधान गर्न नगरपालिका जिम्म्ेवार बन्नुपर्ने बताए ।
उनले पटक पटक वडाहरुमा देखिएका समस्याहरुको आवाज उठाएपनि नगरपालिकाले नसुन्ने गरेको आरोप लगाए ।
कार्यक्रममा एफएमडिसी कैलालीले नितीगत पैरवीका लागि उठाएका सवालहरु, सिकलसेल रोगको दिर्घकालिन समाधान र सामुदायिक बिद्यालयहरुमा दलित समुदायको प्रतिनीधित्व सुनिश्चित हुने गरे व्यवस्थापन गर्ने बिषयमा छलफल समेत गरिएको थियो ।
कार्यक्रममा सहभागिहरुले बिकास निर्माणका सवालमा नागरिक र स्थानिय सरकार संग संगै मिलेर काम गरे राम्रो र हाम्रो नगरपालिका बनाउन सकिने बताएका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया